१४ असार २०८१, शुक्रबार

नेपालमा संक्रमितको संख्या ६२११ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४५१ संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, असार १ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ४५१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६२११ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा मोरङका २२ जना, पर्साका १० जना, रौटहटका १०२ जना, तनहुँका ५ जना, अछामका ३ जना, कैलालीका ३ जना, डोटीका ४ जना, बाँकेका ५ जना, बर्दियाका १६ जना, प्युठानका २ जना, दैलेखका ९३ जना, महोत्तरीका २१ जना रहेका छन् ।

साथै धनुषाका ४ जना, नुवाकोटका ३ जना, अर्घाखााँचीका ३ जना, चितवनका १ जना, गुल्मीका ९ जना, रुपन्देहीका १२ जना, सुनसरीका ३ जना, झापाका १ जना, सुर्खेतका १९ जना, रोल्पाका ४ जना, काठमाडौंका ४ जना, दाङका ४३ जना, धादिङका ९ जना, ललितपुरका १ जना, बाराका १ जना, कपिलवस्तुका १ जना, पाल्पाका १० जना, सर्लाहीका २३ जना र सिरहाका ४ जना कोरोना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख १९ हजार ३३६ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ८ हजार ६१५ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ३८ हजार ६८३ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ५ हजार ३०६ परीक्षण भएका छन् । हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ८२९ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ५ हजार १५१ जना रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार पीसीआर परीक्षणका लागि पोखरामा थप एक प्रयोगशाला व्यवस्था गरिएकोले देशभर २२ स्थानमा पीसीआर परीक्षण हुने भएको जानकारी दिएका छन् ।

नेपालमा अहिलसम्म ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । आज ४५१ कोरोना संक्रमितहरुमध्ये ४१६ जना पुरुषहरु र ३५ जना महिलाहरु रहेका छन् । नेपालमा अहिलेसम्म ६२११ कोरोना संक्रमितहरुमध्ये ५७४० जना पुरुषहरु र ७७१ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ६७ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १०४१ जना पुगेको छ । आज कोरोना भाइरस जित्ने ६७ जनाहरुमध्ये ६० जना पुरुषहरु र ७ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा १ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका १ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा १०४१ जनाले जिते कोरोना, थप ६७ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

नेपालमा संक्रमितको संख्या ५७६० पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२५ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !