१२ बैशाख २०८१, बुधबार

पर्बतमा बिहानै थपिए कोरोनाका ४ नयाँ संक्रमित


कोरोना भाइरस

३१ जेठ, काठमाडौँ । पर्बत जिल्लामा आज बिहानै थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै पर्बत जिल्लामा कोरोना संक्रमितको संख्या २६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:५० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेश, पर्बत जिल्ला, कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष ६ का १ जना बालक (पुरुष) र बर्ष १७ का १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

त्यसैगरी पर्बत जिल्ला, जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १७ का १ जना पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १६ का १ जना पुरुषमा समेत कोरोनको संक्रमण देखिएको छ ।

उनीहरुलाई जिल्लास्थित पर्बत कोरोना अस्पतालको क्वारेन्टाइन कक्षमा लैजाने तयारी भईरहेको छ । उनीहरु सवै भारतवाट आएका नेपालीहरु हुन् । साथै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !