२० कार्तिक २०८१, मंगलबार

नेपालमा पहिलो पटक कोभिड-१९ बाट १ महिलाको मृत्यु


कोभिड-१९

जेठ ३, काठमाडौँ । नेपालमै पहिलो पटक कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ पुष्टि भएको औपचारिक रुपमा पुष्टि गरेको छ । यसअघि दिउसो मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलनमा कोभिड–१९ परीक्षणपछि महिलाको मृत्युबारे थाहा हुने बताएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको हो । यस अघि कोरोना संक्रमित हुनेहरुमध्ये केही उपचारपछि निको भएर अस्पतालवाट डिस्चार्ज भई घर फर्केका छन् भने बाँकी संक्रमितहरुको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यो संगै नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको हो ।

कोरोना संक्रमणको आशंका गरिएकी महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएपछि धुलिखेल धुलिखेल अस्पताल सिल गरिएको छ । बिहीबार साँझ नै सिन्धुपाल्चोकको बाह्रबिसेबाट श्वास-प्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याइएको थियो । धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकी परिवारका सदस्यहरुको स्वाब संकलन गरिसकिएको छ ।

जेठ १ गते राती साढे ९ बजे धुलिखेल अस्पतालको मूल गेटमै ल्याइ पुर्‍याउँदा ती सुत्केरीको श्वास-प्रश्वास बन्द भइसकेकोले इमर्जेन्सी कक्षमा सिपिआर र इन्ट्यूबेट लगायतका प्रक्रियाहरु गरिएको अस्पतालले जानकारी दिएको छ । सुत्केरीलाई बचाउन नसकिए लगत्तै परिवारले बताएका लक्षणहरु नोबल कोरोनासँग मिल्दोजुल्दो भएपछि मृतकको तत्कालै आरडिटी हुँदा पोजिटिभ आएको थियो ।

त्यसपछिको आरटी पिसिआरमा समेत पोजिटिभ देखिएपछि बिहीबारदेखि नै अस्पतालले थप स्वास्थ्य सुरक्षा सावधानी अपनाइरहेको छ । यतिखेर मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिक लगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको छ ।

मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् । सुत्केरी भएको सातौं दिनमा श्वास-प्रश्वासमा समस्या आएपछिप्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसे लगिएको थियो । केन्द्रमा आइसियु नभएकोले रिफर गरिएको थियो । काठमाडौंमै लैजाने क्रममा वीच बाटोमा गाह्रो हुन थालेपछि एम्बुलेन्स धुलिखेलमा आएको थियो ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कोरोना प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ पुष्टि

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाकी परिवारका सदस्यहरुको स्वाब संकलन

कोभिड–१९ परीक्षणपछि महिलाको मृत्युबारे थाहा हुने

कोरोना संक्रमण मिल्दो लक्षण देखिएका विरामीको मृत्यु, धुलिखेल अस्पताल सिल गरियो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !