१८ असार २०८१, मंगलबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन १६, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २२४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९७७१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा गरिएको परीक्षणमा झापाका १ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १२ जना, मोरङका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १ जना, बाराका १ जना र सर्लाहीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ४१ जना र रौतहटका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २४ जना, कैलालीका १५ जना, काठमाडौंका ८ जना र नुवाकोटका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका १ जना, काठमाडौंका ३ जना, ललितपुरका २ जना र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका १ जनामा कोरोना संक्रमण संक्रमण देखिएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका १६ जना, कंचनपुरका १८ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना र सप्तरीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १ जना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जना र ललितपुरका १ जना, नेपाल कोरिया-मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका १ जना, म्याग्दीका २ जना र तनहुँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना र रुपन्देहीका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका १ जना, दैलेखका १ जना र दाङका १ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ जना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका १० जना र डोटीका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !