१२ बैशाख २०८१, बुधबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन १५, काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २७४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९५४७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका २ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, उदयपुरका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ३ जना, सर्लाहीका १ जना र मोरङ २ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ४ जना, नवलपसारीका १ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका ६ जना र पर्साका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका २ जना, काठमाडौंका १९ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा बाराका ५ जना र चितवनका १ जना, दोलखाका १ जना, गोरखाका १ जना, काठमाडौंका १३ जना महोत्तरीका १ जना, रौतहटका २ जना, सर्लाहीका १ जना र सप्तरीका २ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका ४ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा अर्धाखाँचीका १ जना, कपिलवस्तुका १ जना र प्युठानका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका १ जना, दाङका १ जना, धादिङका ४ जना, काठमाडौंका ४ जना, खोटाङका १ जना, नुवाकोटका २ जना, पर्साका १ जना, सर्लाहीका २ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ३ जना, स्टार अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना महोत्तरीका १ जना र पर्साका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा लमजुङका १ जना, कास्कीका १ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ६ जना, कास्कीका २ जना, लमजुङका २ जना, तनहुँका ३ जना, स्याङजाका ११ जना र नवलपरासी पूर्वका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

साथै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ जना, बाँकेका २० जना, बर्दियाका ८ जना, दाङका २ जना, कंचनपुरका १ जना, प्युठानका १ जना, सर्लाहीका १ जना र सुर्खेतका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रुपन्देहीका १ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा मुगुका १ जना, सल्यानका ३ जना, सुर्खेतका ७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी पीसीआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका १० जना, चौरजहारी नगरपालीका पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा जाजरकोटका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दार्चुलाका १ जना, कैलालीका ५ जना र कंचनपुरका १ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !