१८ बैशाख २०८१, मंगलबार

आयुर्वेदिक औषधि पुरानो हुँदा पनि किन मान्छे एलोपैथिक नै प्रयोग गर्न रूचाउछन्


आयुर्वेदिक औषधि पुरानो हुँदा पनि किन मान्छे एलोपैथिक नै प्रयोग गर्न रूचाउछन्
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आयुर्वेदिक यस्तो चिकित्सा विधि हो जसको सेवन मानीसहरू ५ हजार बर्ष पहिलेदेखि खादै आएका छन् तर यसको कुनै प्रतिक्रिया आजसम्म देखिएको छैन फेरि पनि मान्छे वैज्ञानिक आधार खोज्छन् आखिर किन यस्तो ?

हरेक एलोपैथिक औषधि सेवन गराउदा कहि न कहि यसको उल्टो असर देखिन सक्छ तर पनि मानिस वैज्ञानिक आधार विना नै औषधि सेवन गर्ने गर्दछन् । एउटा सम्पन्नशालीको कुरा सुन्ने तर एउटा कमजोर मान्छे बोलेको कसैले नसुन्ने किन यस्तो भेदभाव ?

हामीले जातिय भेदभाव हुन्छ भन्ने सुनेका थियौं तर औषधिमा पनि यस्तो भेदभाव किन हुन्छ । हरेक विषय वस्तुको मुल्याङ्कन हुन्छ आयुर्वेदिक पद्धति जसको कुनै साइडइफेक्ट भएको सुनिदैन तर एलोपैथिक मा सुनिन्छ तर पनि मान्छे यसको प्रयोग बढी गर्दछन् ।

अब समय आएको छ । हामीले वैज्ञानिक आधार होइन यसको काम हेरेर आयुर्वेदिक लाई अघि ल्याउन आवश्यक छ । जडिबुटी हाम्रो सम्पदा हो यसको उपयोग गर्नु हरेक नागरिकको साझा दायित्त्व यो कुरामा सरकारले पनि सहमत जनाउन सक्नुपर्छ ।

हाम्रो सोचमा परिवर्तन गराउन आवश्यक छ । हरेक चिज अरूले उत्पादन गरेकै चाहिन्छ भन्ने होइन । हामीले आफ्नो उत्पादन नै प्रयोग गर्नतर्फ हरेक नागरिकलाई भन्न आवश्यक छ । एलोपैथिक औषधि कुन पदार्थको साहेताबाट बनेको छ भन्ने कुरा अधिकांशलाई थाहा नहुन पनि सक्छ ।

यस लेखमा हामिले जडिबुटीको सम्बन्धमा परनिर्भरमा होइन देशको आर्थिक स्तरमा सुधार ल्याउन जडिबुटी माथि थप अनुसन्धान गरेर पेटेण्ट मेडिसिन तयार गरेर राम्रो फाइदा उठाउन सक्ने प्रयाप्त सम्भावना देखिन्छ ।

सरकारले आफ्नो निगरानीमा गाजा खेती गराएर प्रयाप्त डलर भित्राउने अवसर छ । हाम्रो भुमिमा यस्ता चमत्कारिक औषधि उत्पादन भएका छन् तर हामीले प्रयोग गर्न सकिरहेका छैनौं यहि हाम्रो दुर्भाग्य भन्दा खासै फरक छैन ।

आज नेपालमा लोकतन्त्र जनताको राज छ तर पनि जनताले प्रत्यक्ष फाइदा उठाउन सकेको अवस्था देखिएको छैन् । यहाँ एउटा कुरा लेख्न मन लाग्यो सल्लाह दिने व्यक्ति यदि कमजोर छ भने गर्ने व्यक्ति हमेसा पछि पर्दछ । राजा अकबर हरेक कामको लागि विरबलसंग सोधेर मात्र गर्दथे यसको खास कारण थियो विरबलको चतुराई ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार तथा पत्रकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !