७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय याेग अभ्यासक्रम विमाेचन


प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय याेग अभ्यासक्रम विमाेचन

काठमाडौँ, असार ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय याेग दिवसका अवसरमा “राष्ट्रिय याेग अभ्यासक्रम (National Yoga Protocol) काे बालुवाटारस्थित एक्सन रूमबाट बिहान विमाेचन गरेका छन् ।

उनले व्यायाम, प्रणायाम र ध्यानकाे संयाेजन नै पूर्ण याेग रहेकाेमा जाेड दिदै हिमवत् खण्ड आयुर्वेद र याेगकाे उद्गम र विकास स्थल रहेकाे बताएका छन् । राेगकाे उपचारभन्दा पहिले निराेगी नेपालकाे स्वास्थ्य नीति अवलम्बन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीकाे राष्ट्रिय अाकांक्षा हासिल गर्न सरकार क्रियाशील रहेकाे उहाँले संबाेधनका क्रममा स्पष्ट पारे ।

नेपालीहरूका भान्छामा अनेक औषधीय तत्वकाे प्रयाेग गर्ने क्रम हजाराैं बर्षदेखिकाे उपयाेग र अनुभवमा आधारित रहेकाे उहाँले उल्लेख गरे । उनले बेसारकाे उपयाेगिताकाे चर्चा गर्दा मजाक उडाउने, अदुवाकाे मजाक उडाउने र यस्ता अन्य औषधीय चिजहरूकाे मजाक उडाउनेहरूलाई लक्षित गर्दै सुझाव दिए- आफ्नाे भान्छामा केके चिज प्रयाेग हुन् ? ती किन प्रयाेग गरिन्छ ? वास्तविकता बुझेर मात्र आलाेचना गर्न वा मजाक उडाउन ध्यान दिनुपर्ने समेत उनले औल्याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !