१२ बैशाख २०८१, बुधबार

कोरोना भाइरस संक्रमण : अमेरिकामा २१७ जनाको मृत्यु


अमेरिकामा कोरोना भाइरस संक्रमण

७ चैत, अमेरिका । चीनको प्रान्त वुहानबाट शुरु भएको कोभिड-१९ कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१७ पुगेको छ भने संक्रमितको संख्या १४००० नाघेको छ । अमेरिकामा बिहीबार मात्रै ४०४८ जना नयाँ संक्रमित भेटिएका छन् ।

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणवाट बिहीबार मात्रै अमेरिकामा ६२ जनाको मृत्यु भयो । जस अनुसार न्यूयोर्क राज्यमा बढी संक्रमित छन् । न्यूयोर्कमा ५७११ जना संक्रमित छन् । यो राज्यमा बिहीबार मात्रै २६२५ जना नयाँ संक्रमित भेटिए । त्यसपछि अमेरिकाको वासिङटन राज्यमा बढी संक्रमित छन् । यस राज्यमा हालसम्म १३०० भन्दा बढी संक्रमित भएको देखिन्छ भने बिहीबार मात्रै करिब २०० नयाँ संक्रमित भेटिएका छन् । वासिङटन राज्यमा हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ । यसैगरी क्यालिर्फोनिया, न्यूजर्सी, फ्लोरिडा, लुजिआना, जर्जिया लगायतका राज्यमा मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !