७ जेष्ठ २०८१, सोमबार

‘स्टेन्ट’ निकाल्नका लागि पुगे प्रधानमन्त्री ओली शिक्षण अस्पताल


केपी शर्मा ओली

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि आइतबार बिहानै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

शुक्रबार अस्पतालबाट डिस्चार्जपछि प्रधानमन्त्रीलाई भेटघाट तथा छलफल बैठकहरु केही दिन कमै गर्न चिकित्सकले सुझाव दिएका छन् । ओलीले शनिबार नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र आफ्ना सल्लाहकारसँग छलफल गरेका थिए । ओली आइतवार साँझ कोरोनाविरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी गर्दैछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !