२३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगंजमा दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभ गरिरहेका छन् । उनलाई चिकित्सकहरुले मात्र भेट्ने गरेका छन् । प्रधानमन्त्री ओलीको बुधबार मृर्गौलाको सफल प्रत्यारोपण गरिएको थियो । उनको स्वास्थ्यमा अपेक्षाकृत रुपमा सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् ।
परिवारका सदस्य, मन्त्रीहरु कसैलाई पनि भेट्न दिइएको छैन । शुक्रबार भने प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गरेका छन् । प्रधानमन्त्रीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । म छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिएको रिमालले आफ्नो सामाजिक संजालद्वारा जानकारी दिएका छन् ।
सर्जरी पछी आज पहिलो पटक प्रधानमन्त्रिज्यू सँग कुरा गर्ने अबसर मिल्यो। "साथिहरुलाई भनिदिनस, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भई रहेको छ। छिट्टै म काममा फर्किन्छु।"
धेरै खुशि लाग्यो,
शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रिज्यू!— Bishnu Rimal (@BishnuRimal) March 6, 2020