४ असार २०८१, सोमबार

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना


मोदी ओली

काठमाडौँ, १९ फागुुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपण र शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई सुख, सुस्वास्थ्य र दीर्घजीवनका निम्ति पशुपतिनाथको निरन्तर कृपा रहिरहने कामना पनि प्रधानमन्त्री मोदीले आज ट्वीटमार्फत गर्नुभएको छ ।

भारत र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन प्रधानमन्त्री ओलीको निरन्तर योगदानको आशा उहाँले गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पनि प्रत्युत्तरमा ट्वीट गर्दै आफ्ना भारतीय समकक्षीप्रति आभार प्रकट गर्नुभएको छ । प्रधानमन्त्री मोदीका हार्दिकता र चिन्तनशीलतामा आफूहरूबीचको सन्निकट मैत्री प्रतिविम्बन भएको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !