१८ बैशाख २०८१, मंगलबार

कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राख्यो नेपाललाई विश्व स्वास्थ्य संगठनले


कोरोना भाइरस
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

कोरोना भाइरसको उच्च जोखिमको सूचीमा राख्यो नेपाललाई विश्व स्वास्थ्य संगठनले ! नेपालको छिमेकी राष्ट्र चीन भएकाले यो रोग नेपालमा सर्न सक्ने उच्च जोखिमको सूचीमा परेको छ । डव्लुएचओले नेपाल सहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो तर अहिले भने यो विचार हटाएर अति जोखिमको सूचीमा नेपाल पनि छ भनेको छ । रोग लाग्नु भन्दा रोग नै लाग्न नदिनु राम्रो हो । अब हरेक नेपाली ले औषधिको रूपमा असुरोको पातको सुप बनाएर खाँदा ठिक हुन सक्छ भन्ने हामीलाई लागेको छ ।

डव्लुएचओले नेपाल सहित दक्षिण एसियाका भारत श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ ।

नेपालमा भने एकजना बाहेक कसैलाई कोरोना भाइरस संक्रमण देखिएको छैन भनेको छ । तर विश्वका विभिन्न देशमा फैलँदो क्रममा रहेको यो भाइरस यदि नेपाल छिर्यो भने त्यसले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै डव्लुएचओले अति उच्च जोखिमको सूचीमा नेपाललाई राखेको छ ।

डव्लुएचओले अति उच्च जोखिममा राखेको जानकारी पाए लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक पूर्व तयारीलाई थप तिब्रता दिइएको बताएको छ । उसले स्वास्थ्य विभागसँग समन्वय गरी तयारीलाई तिब्रता दिएको भन्ने सुनियो । विभागले देशव्यापी रुपमा कोरोना विरुद्धको अभियानमा लाग्न भन्दै अबको १५ दिन अरु कार्यक्रममा नलाग्ने र नगर्ने घोषणा गरिसकेको छ ।

स्वास्थ्य विभागले आम सर्वसाधारणलाई आत्तिई हाल्नुपर्ने अवस्था नभएपनि सतर्कतामा रहन आग्रह गरेको छ । यस्ता रोगको उपचार नभएको हुनाले भविष्यमा बच्नुनै एकमात्र विकल्प रहेको देखिन्छ । विदेशी पाहुना लगाएत विदेशमा रहनु भएका हाम्रा नेपालीहरु नेपाल छिर्ने मुख्य नाका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । स्वास्थ्य मन्त्रालयले केही वर्ष अघिदेखि त्यहाँ हेल्थ डेस्क सञ्चालन गर्दै आएको छ । पछिल्लो समय कोरोनाको प्रकोप बढेपछि सो डेस्कलाई थप व्यवस्थित बनाएको छ ।

यस्ता रोगको पहिलो लक्षणको रूपमा हल्का ज्वरो, रूघा र खोकी देखिने भएकाले थर्मोमिटर लगायत यसको समाधान नहुने हवाई यात्रुहरूले बताउदै आएका छन् । तर सामान्य ज्वरो आइहाल्दा डराउनु भने पर्दैन । थर्मलस्क्यानर र इन्फाइरेड थर्मामिटरका माध्यमबाट हवाई यात्रुहरुको ज्वरो लिने काम भएको बताएको छ । यो नै पूर्ण उपचार मान्नुहुदैन यस्ता रोगको आक्रमण भएको थाहा हुनासाथ स्वास्थ्य बिभागमा सम्पर्क राख्नुपर्ने हुन सक्छ ।

कोरोना भाइरस हो की होइन भनेर कसरी थाहा पाउने ?

यतिबेला जाडोको मौसम छ । रुघाखोकी लाग्नु सामान्य कुरा हो । कोरोना भाइरसले संक्रमण गरिसकेपछिको शुरुवाती लक्षण पनि यस्तै हुन्छ । त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमश: उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा राम्रो उपचारको अभावमा मृत्यु समेत हुन्छ । यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दै-सर्दै मान्छेसम्म पुग्छ ।

यस्तो रोगबाट आफुलाई कसरी सुरक्षित राख्ने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने । मास्कको प्रयोग गर्ने अपरचित व्यक्तिसंग सकेसम्म हात नमिलाउने, चिसो पेय पदार्थ सकेसम्म प्रयोग नर्ने ।

लामो समयसम्म रूघाखोकी लाग्ने सास फेर्न अपठारो हुने ज्वरो आउने जस्ता समस्या देखिएमा डाक्टरको परामर्शमा उपचार गर्ने तातो दूधमा बेसार राखेर खाने । असुरोको पातको रसमा मह राखेर खानाले सामान्य रोग भएमा आफै निको भएर जान सक्छ ।

यो पनि पढनुहोस्

कोरोना भाइरसको बारेमा रोचक जानकारी

औषधिको राजा मानिने असुरोमाथि शुरु गरौ अनुसन्धान

कोरोना भाइरसको उपचारमा असुरो प्रयोग धेरै उपयोगी हुनसक्ने सम्भावना

कोरोना भाइरसको संक्रमणमा असुरो पछिको दोस्रो उपयोगी हुनसक्ने औषधि रुदिलो

कोरोना भाइरसको उपचारमा समेत उपयोगी हुन सक्ने असुरोको बारेमा रोचक जानकारी

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !