७ बैशाख २०८१, शुक्रबार

अम्लपित्तको सफल उपचार (Successful Treatment of Acidity)


अम्लपित्त
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

अम्लपित्तको सफल उपचार (Successful Treatment of Acidity) । मुखबाट अमिलो पानी आउने, पेट फुल्ने, खाना नरुच्ने समस्या देखियो भने अम्लपित्त बढेको हुन सक्छ । यस्तो अवस्थमा डर लाग्ने, आत्तिने, बैचैनी बढ्ने जस्ता लक्षण देखिन सक्छ । पेटमा अम्लपित्त Acidity बढी भएमा यस्तो लक्षण देखिन सक्छ ।

यदि यस्तो समस्या छ भने तपाईलाई अम्लपित्त (Acidity) भएको हुनसक्छ । अम्लपित्त (Acidity ) को समस्या बढ्दै गएमा मानिसहरुमा उदास हुने गर्छन् । अम्लपित्त भनेको ग्यास्ट्रिक ग्ल्यान्डले खाना पचाउनका लागि ग्यास्टिक रस निष्कासन गर्दा रस बढी निष्कासन भएमा पेटमा बढी एसिड जम्मा भई अम्लपित्त हुन्छ ।

अम्लपित्त रस बन्नुको सवैभन्दा प्रमुख कारण भनेको खानामा लिमिट नहुनु,खानामा अचारको प्रयोग बढी गर्नु, खाना खादा गफ गर्दै खाने बानी बढी हुनु,खानासंग पानी बढी खानु जस्ता प्रमुख कारण पर्दछन् । यसलाई चिकित्सकीय भाषमा एसिडिटी भन्दछन् । बढ्दो शहरीकरण र व्यस्त जीवनशैलीले गर्दा यस्तो समस्या भएको हुन सक्ने केहिको ठम्याइ छ ।

मुखबाट अमिलो पानी आउने, पेट फुल्ने, खाना नरुच्ने समस्या देखियो भने अम्लपित्त बढेको हुन सक्छ । यस्तो अवस्थमा डर लाग्ने, आत्तिने, बैचैनी बढ्ने जस्ता लक्षण देखिन सक्छ । पेटमा अम्लपित्त Acidity बढी भएमा यस्तो लक्षण देखिन सक्छ ।

अम्लपित्तको लक्षणहरु

१. पेट, छाती र घाँटीमा जलन हुनु,

२. अमिलो डकार आउनु,

३. कहिलेकाहीँ अमिलो उल्टी हुनु,

४. मुखमा अमिलो र तीतो पानी आउनु,अपच हुनु,भोक कम लाग्नु वा बढी लाग्नु, टाउको,जीउ दुख्नु,हातखुट्टा पोल्नु,चक्कर लाग्नु, बेचैनी,  चिन्ता जस्ता लक्षण देखिनु,

५. राम्रोसँग निद्रा नपर्नु, थकाइ लाग्नु,

यस्ता लक्षण देखिएमा समयमै उपचार गराउनु पर्छ । अम्लपित्तको समयमै उपचार नभएमा इसोफेजेटिज, ग्यास्ट्राइटिज, पेप्टिक अल्सर, ग्यास्ट्रिक तथा इसोफेजियल क्यान्सर हुने सम्भावना बढी हुन्छ । आजकाल यस्ता समस्याको औषधि बजारमा थुप्रै पाइन्छ । यस्तो लक्षण देखिएमा डाक्टरको परामर्श वैद्यकिय निरिक्षणमा तुरुन्त उपचार गराई हाल्नु उपयुक्त हुनेछ ।

अम्लपित्त रस बन्नुको सवैभन्दा प्रमुख कारण भनेको खानामा लिमिट नहुनु,खानामा अचारको प्रयोग बढी गर्नु, खाना खादा गफ गर्दै खाने बानी बढी हुनु,खानासंग पानी बढी खानु जस्ता प्रमुख कारण पर्दछन् । यसलाई चिकित्सकीय भाषमा एसिडिटी भन्दछन् ।

अम्लपित्तको उपचार (Treatment of Acidity)

१. अविपत्तिकर चूर्ण १ चमच औषधि दिनमा २ पटक लामो समए खानाले यो समस्या हल हुन्छ ।

२. त्रिफला (हर्रो,बर्रो,अमला)को समिस्रण एक गीलास दूध संग राती सुत्ने बेलामा खाने गर्नाले पेट सफा हुने गर्दछ ।

३. Gasex Syrup १० मिली दिनमा २ पटक भोजन उपरान्त खान दिनुस् वा खानुस ।

नोट : यस्ता लक्षण बढी देखिएमा डाक्टरको परामर्शमा उपचार गराउनुपर्ने पनि हुन सक्छ । सामान्य अवस्थामा यो औषधिले राम्रो फाइदा गर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !