यौन समस्यामा आलसको उपयोगिता ! आलस एक उपयोगी जडीबुटी हो जसमा लिनोलेनिक नामक एसिड र ओमेगा ३ फेटी एसिड प्रचुर मात्रामा पाइन्छ । यसको प्रयोगले प्रोटेस्ट क्यान्सर जस्ता गम्भीर रोग वाट बच्न सकिन्छ ।
यसको उपयोगिता
आलसको चूर्ण, चक्कीका रुपमा या खानासँग मिलाएर पनि सेवन गर्न सकिन्छ । यसको सेवन गर्नुभन्दा अघि चिकित्सकसँग सम्पर्क गर्न र यसको सेवनको लागि सल्लाह लिनु उत्तम हुन्छ । तासको प्रयोग यौन समस्यामा प्रयोग गर्न सकिन्छ। यौन समस्याबाट छुट्कारा नमिलेसम्म आलसको प्रयोग गरिरहनु राम्रो हुन्छ ।
पुरुषको बढ्दो उमेरमा हुने प्रोटेस्ट क्यान्सर सेक्स समस्याको मुख्य कारक हो । प्रोटेस्ट क्यान्सबाट ब्लड क्यान्सरको खतरा बढ्न सक्छ । आलसको सेवनले यौन समस्याको मात्रै समाधान गर्दैन क्यान्सर जस्ता रोगको औषधिको काम पनि गर्छ ।
सेक्स समस्याहरु जस्तै चाँडै उत्तेजित हुने, सेक्सका बेला नर्भस हुने, शारीरिक दुर्बलता हुने, सेक्समा रुची कम हुने, बारम्बार गर्भपतन हुने, स्तनपानका बेला दूध नआउने, आदी समस्याबाट दैनिक आलस सेवन गरे छुट्कारा पाइन्छ ।
एक अनुसन्धानले पनि यसको पुष्टि गरेको छ कि आलसको सेवनबाट तमाम सेक्स समस्याबाट छुटकारा पाउन सकिन्छ । अनुसन्धानका अनुसार यदी कसैलाई केही सेक्स समस्या छ भने यसको मुख्य कारण हो कोशिकाहरुमा रक्तसञ्चार नहुन । जब सेक्स समस्याका क्रममा आलसको प्रयोग गर्ने हो भने तपाईंको रक्त वाहिनी खुल्छ र विस्तारै रक्त वाहिनीमा रक्त सञ्चार पनि बढ्दै जान थाल्छ । जसलाई सेक्समा रुची छैन उसलाई पनि उत्तेजना बढाउने कार्यमा आलसको महत्वपूर्ण भूमिका हुने अनुसन्धानमा उल्लेख गरिएको छ । – एजेन्सी