८ पुस २०८१, सोमबार

जान्नुहोस चुइगंम चपाउनुको फाइदा


chewing gum

 जान्नुहोस चुइगंम चपाउनुको फाइदा !एक नयाँ अध्ययन अनुसार चुइगंम चपाउनु फाइदाजनक देखिएको छ । ब्रिटिश वैज्ञानिकहरुद्वारा गरिएको अध्ययनमा अनुसार रातिको खाना खाइसकेपछि चुइगंम चपाउनाले खाना नली (oesophagus) मा भएको एसिड र अमिलो डकार कम गर्न सकिन्छ । चुइगंमले स्यालिभा (saliva) तिव्र रुपले बन्छ, जसले पेटमा बन्ने अम्ल  (acid) लाई कम गर्दछ । खाना पछी चुइगंम चपाउँदा अमिलो डकारको समस्या धेरै कम हुने हुन्छ । साथै छातिमा जलनको समस्या छ भने पनि चुइगंम चपाउनाले आरामहुन्छ । चुइगंम चपाएर बन्ने स्यालिभा (saliva) ले खाना नलीमा उत्पन्न हुने अमिलो डकार र एसिडलाई पेटमा पठाइदिन्छ । वैज्ञानिकहरुका अनुसार  चुइगंम शुगर फ्री वा  कम शुगर भएको हुनु पर्दछ  । यसले तौल नियन्त्रण गर्नुको साथै दांँतमा हुने क्याबिटीको समस्याबाट पनि बचाउँछ। चुइगंम चपाउनाको अन्य फाइदाहरु पनि छन् । यस अन्तर्गत पुरै मुखको एक्सरसाइज हुने र अनुहारमा भएको बोसोयुक्त कोषहरुलाई नष्ट गर्नु प्रमुख फाइदा हुन जान्छ । अर्थात् आकर्षक नदेखिने र फुलेको जस्तो देखिने गालाको समस्या पनि हल हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !