८ पुस २०८१, सोमबार

कुन खाने तेल उत्तम ?


खानेतेल

कुन खाने तेल उत्तम ? बजारमा पाइने सनफ्लावर, मकै, भटमास आदिको तेलमा कोलेस्ट्रोल शून्य लेखिए पनि बोसोको मात्रा शतप्रतिशत नै हुन्छ । यस्ता तेलको प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ । हाल बजारमा पाइने खाने तेलहरूमध्ये मुटु र समग्र स्वास्थ्यका लागि हाम्रो परम्परागत तोरीको तेल सबैभन्दा उपयुक्त रहेको विशेषज्ञहरूको राय छ ।
तोरीको तेलमा एकल असन्तृप्त बोसो बढी भएकोले उत्तम मानिन्छ । तोरीमा मोनो अनस्याचुरेटेड फ्याटको मात्रा जैतुन तेलमा जतिकै हुन्छ । तोरीको तेलमा ओमेगा ३ र ओमेगा ६ को अनुपात जैतुनको तेलको दाँजोमा धेरै राम्रो पाइने भएकोले यो मुटुको लागि बढी स्वस्थकर मानिन्छ । बजारमा पाइने सनफ्लावर, मकै, भटमास आदिको तेलमा कोलेस्ट्रोल शून्य लेखिए पनि बोसोको मात्रा शतप्रतिशत नै हुन्छ । भट्टमासको तेल, सनफ्लावरको तेल मा फ्याट कम भएतापनि उत्तम चाहिँ होइन ।
हामीले प्रयोग गर्ने शुद्घ घ्यू स्वास्थ्यका लागि उपयुक्त मानिँदैन । यद्यपि घ्यूको प्रयोग धेरै पहिलादेखि जारी छ । घ्यूमा पोषकतत्त्व, भिटामिन आदिसमेत हुन्छ । तर यसमा स्याचुरेटेड फ्याट धेरै बढी हुने भएकोले सकेसम्म प्रयोग गर्नु हुँदैन । वनस्पति घ्यू त झन् हानिकारक हुन्छ । वनस्पति घ्यूमा ट्रान्सफ्याट धेरै बढी हुने भएकोले यसको प्रयोग गर्नु हुदैन । ट्रान्सफ्याटले मुटुको रक्तनलीको भित्तामा जमेर हृदयाघात गराउन सक्छ ।
सवैभन्दा उत्तम तेल भनेको ओमेगा-३ भएको तेल हो जसको स्रोत आलस हो । नेपालमा ओमेगा-३ विदेशवाट क्याप्सुलमा आउछ। व्यक्तिको आवश्यकता अनुसार डाक्टरले ओमेगा-३ सिफारिस गर्दछन । युरोप अमेरिकातिर जैतुनको तेल खान्छन् । तर, जैतुन हाम्रोमा त्यति उत्पादन भइसकेको छैन, यो महँगो पनि छ । त्यसकारणका हाम्रा लागि सबैभन्दा उत्तम आलसको तेल नै हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !