८ भदौ,राप्ती । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले काममा फर्कनको लागि प्रशासन समक्ष ८ बुँदे मागलाई अघि सारेका छन् ।
भदौ ६ गते प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको भन्दै २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका उनीहरुले २४ घण्टा सम्म माग सम्बोधन गर्ने या राजीनामा स्वीकृत गर्ने दुई मध्ये एक विषयको टुङ्गो लगाउन उपकुलपतिलाई आग्रह गरेका छन् ।
राजीनामा दिने चिकित्सकहरुले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले ८ बुँदे मागलाई सम्बोधन गरेको खण्डमा आफूहरु काममा फर्कने बताएका हुन् ।