१६ असार २०८१, आइतबार

काउली सेवनका आठ फाइदाहरु ।


roasted cauliflower
राम ठकुरी
     -राम ठकुरी

यो चिसो मौसममा आजभोलि हामी बजारका तरकारी पसलहरु विभिन्न प्रकारका हरिया साग सब्जी लगायत देख्दै रहर लाग्दो काउलीले भरिभराउ भएको पाउछौं । खानमा पनि मिठो हुने काउलीका धेरै फाइदाहरु छन । जान्नु होस यसका फाइदाहरु ।

 

 

 

यसमा पाइने पोषक तत्वहरु
एक सामान्य कप काउलीमा निम्न पोषक तत्वहरु पाइन्छ ।
१९ क्यालोरी शक्ती
७३ % भिटामिन सि
१९ % भिटमिन के
१५% फोलेट्
१३% प्यान्टोथेनिक एसिड्

१२% भटमिन ६
११% चोलिन्
११% फाइवर्
९% ओ मेघा ३ – फ्याटी एसिड

हाम्रो स्वास्थ्यमा काउलीका ८ प्रमुख फाइदाहरु
१ क्यान्सरको खतरा कम हुन्छ
विभिन्न अध्ययनबाट काउलीमा पाइने एक प्रकारको ग्लुकोसिनोलेट नामक रसायनले हाम्रो शरिरमा क्यान्सरको जोखिम निकै कम हुने देखिएको छ । बिशेस गरी स्तन , आन्द्रा , कलेजो र फोक्सोको क्यान्सर हुनबाट जोगाउछ ।

२. तन्तु सुन्निन कम गर्छ

प्राय जसो रोगमा शरिरको सम्बन्धित तन्तु सुन्निले हुन्छ । काउलीमा पाइने बिटा क्यारोटिन ,बिटा कृप्टोज्यानथिन ,क्याफिक एसिड्, सिनामिक एसिड्, कुर्सिटिन आदी तत्वले तन्तु सुन्निनबाट जोगाउँछ ।

३. मुटु रोग र मस्तिस्कको अस्सन्तुलन बाट जोगाउँछ

काउलीमा पाइने भिटमिन के, भिटमिन सि ,एन्टिअक्सिडेन्ट र ओ मेघा -३ -फ्याटी एसिडले रक्त नली साँघुरो हुनबाट बचाइ मुटु रोगबाट बचाउनुको साथै मस्तिस्कको असन्तुल र अल्जाइम्रर बाट समेत जोगाउछ ।

४ .पर्याप्त भिटमिनको स्रोत
काउलीमा हाम्रो शरिरलाई आवश्यक पर्ने अति आवश्यक भिटमिनहरु भिटमिन सि र भिटमिन के प्रचुर मात्रामा पाइन्छ ।

५. पाचन प्रणाली सुधार गरी हानिकारक रसायन शरिरबाट हटाउँछ
यसमा पाइने सल्फर तत्व सहितको रसायनहरु जस्तै सल्फोराफेन, ग्लुकोब्रासिन, ग्लुकोसिनोलेट आदीले शरिरमा जाम्मा भएर बसेको विभिन्न प्रकारका हानिकारक रसायनहरु शरिरबाट फ्याँक्न सहयोग गर्नुको साथै आन्द्रालाई स्वस्थ्य राखी पाचन शक्ती मजबुद राख्दछ ।

६ .तौल घटाउन सहयोग गर्छ
काउलिमा क्यालोरी कम तर भिटामिन र फाइबर बढी हुने हुँदा शरिरको तौल बढ्न नदिइ स्वस्थ्य राख्दछ ।

७ .हर्मोनको मात्रा सन्तुलन गर्छ
हामिले खाने कतिपय खानेकुराहरु जस्तै प्रोसेस्ड फुड , डेरी प्रोडक्ट्स आदीले शरिरलाई अनावश्यक हर्मोन इस्ट्रोजिनको मात्रा बढाउँछ । काउलीमा पाइने एन्टिअक्सिडेन्ट इस्ट्रोजिनलाई घटाइ हर्मोनको मात्रा सन्तुलन गर्दछ ।

८ .आँखालाई स्वथ्य राख्द्छ
यसमा पाइने सल्फोराफेन नामक रसायनले आखाको रेटिनामा भएको तन्तुलाई स्वस्थ्य राख्दछ ।

ध्यान दिनु पर्ने कुरा
आजको बढदो जनसन्ख्याको मागलाई धान्नको लागी ब्यापारिक तरकारी खेतीको लहर बढ्दै जाँदा विभिन्न प्रकारका बिषाधी हरुको प्रयोग बढदै गएको छ । बिषाधी हाम्रो स्वास्थ्यको लागी हानिकारक हुने तथ्य प्रती हामी अनभिज्ञ छैनौँ । त्यसैले माथी उल्लेखित फाइदाहरु पुर्ण रुपमा प्राप्त गर्नको लागी प्राङ्गारिक मल प्रयोग गरी उत्पादन गरिएको तरकारी प्रयोग गर्नु पर्दछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !