७ पुस २०८१, आइतबार

घरमै लस्सी बनाउने तरिका


प्रायः गर्मीयाममा चिसो पेय पदार्थ खाने गरिन्छ त्यसमा पनि बरफ, दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैले मनापराउने गर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे आँप केरा मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ ।

बनाउने तरिका

गर्मीमा आँप सिधै धेरै खाँदा गर्मी गड्न सक्छ तर दहीमा मिसाएर लस्सी बनाएर खाँदा गर्मी कम हुनको साथै फाइदा पनि हुन्छ । लस्सी बनाउन आवश्यकता अनुसार आँप, ताजा दही, शख्खर अथवा चिनी चाहिन्छ।

सबैभन्दा पहिला आँपको बोक्रा फालि आँपलाई मसिनो टुक्रामा काटने । त्यसपछि आँपलाई मिक्सरमा राखी आवश्यकता अनुसार दही, शख्खर वा चिनी राखेर फिट्ने अत्तमा एउटा गिलाँसमा सो पेय राखेर माथी केहि काजु तथा पेस्ताका टुक्रा राख्ने । त्यसपछि लसी पिउनका लागि तयार हुन्छ ।-एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !