२४ पुस २०८१, बुधबार

तपाईको गोप्य कुरा यस्ता ५ प्रकारका व्यक्तिलाई कहिल्यै नबताउँनुहोस्


महाभारत जीवन प्रबर्धनका थुप्रै सुत्रको स्रोत रहेको मानिन्छ । जीवन प्रवर्धनका यी सुत्रहरु आज पनि उत्तिकै उपयोगी छन् । महाभारतको तीर्थयात्रा पर्वमा यी ६ प्रकारका व्यक्तिसँग कहिल्यै आफ्नो गोप्य कुरा बताउँन नहुने बताएको छ । जसले हामीलाई संकटमा पार्न सक्छ ।

स्त्री
शास्त्रअनुसार, स्त्रीहरुको स्वाभाव चञ्चल हुन्छ । धेरैजसो स्त्रीहरु भन्न नहुने कुरा पनि भनिदिन्छन्, जसले परिवारको मान–सम्मानमा ठेस पुर्याउँछ । एक दिन अवश्य स्त्रीले मनको कुरा बताइदिन्छिन् । त्यसैले कुनै पनि स्त्रीलाई आफ्नो गोप्य कुरा नबताउँनुहोस् ।

मुर्ख
यस्ता व्यक्ति, जो राम्रो–नराम्रो, आफ्नो–पराई वा साथी–दुश्मनबीच फरक छुट्याउन नजान्ने हुन्छन् । उसको अगाडि यदि कुनै गोप्य कुरा गर्नुहुन्छ भने जानेर वा नजानेर अरुको अगाडि खोल्छ । त्यसैले यस्ता व्यक्तिलाई आफ्नो सिक्रेट कुरा नबताउँनुहोस् ।

बालक
कुनै पनि बालक अथवा बालिकाका अगाडि आफ्ना गोप्य कुरा गर्नुहुन्न । किनकि उनीहरुलाई कुन कुरा बोल्नुहुन्छ, कुन बोल्नुहुन्न भन्ने थाहै हुँदैन, जसको परिणाम पछि हामीले उठाउनु पर्ने हुन्छ ।

लोभी
जुन व्यक्तिलाई लोभको लालच हुन्छ, ऊ आफ्नो स्वार्थ प्रर्तिका लागि कुनै पनि नोक्सान गर्नबाट पछि हट्दैन । यस्तो, अवस्थामा तपाईको कुनै पनि गोप्य कुरा धनको लालचमा आएर खोल्दिन सक्छ । त्यो तपाईको दुश्मन पनि हुन सक्छ ।

उत्ताउला (पागलपन) व्यक्ति
यदि कुनै पनि व्यक्तिमा उन्माद अर्थात् पागलपनको लक्षण देखिन्छ, तर पागल हुँदैनन् । कहिले काहि यस्ता व्यक्तिहरु अति उत्ताउला हुनेगर्छन् । बिना कारण जे पनि गर्न सक्छन् । यस्ता व्यक्तिलाई आफ्नो गोप्य कुरा बताउँनु भनेको आफू संकटमा पर्नु हो ।- एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !