७ मंसिर २०८१, शुक्रबार

किन दुख्छ कम्मर ?


हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५–६४ उमेर समूहको मानिसमा पाइन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ । अचम्मको कुरा के छ भने जसलाई यो समस्या सुरु हुन्छ, धेरैजसो मानिसहरुमा १.५ देखि ३ महिनामा स्तवः ठिक हुन्छ । तर ५ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन् जसमा यो समस्याले नसालाई प्रभावित समेत गर्दछ । धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ । यसले काम गर्न समस्या खडा गरिदिन्छ । हाम्रा केही बानीमा परिवर्तन ल्याएर यसबाट निकै हदसम्म छुटकारा पाउन सकिन्छ ।

किन दुख्छ कम्मर:

  • मांसपेशिहरुमा अत्यधिक तनाव
  • अत्यधिक तौल
  • गलत तरिकाले बस्नु
  • सधैंजसो अग्लो हिल भएको जुत्ता लगाउनु
  • गलत तरिकाले अत्यधिक गह्रुँगो तौल उठाउनु
  • लामो समयसम्म बिरामी हुनु
  • अत्यधिक नरम डसनामा सुत्दा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !