८ पुस २०८१, सोमबार

कोदो खाँदा हार्मो स्वास्थ्यमा हुने फाइदाहरु


kodo

कोदोलाई धेरैजसो मानिसले राम्रो अन्न मान्दैनन् । तिनीहरू यसको गुणमा होइन कि रंगमा गएकाले त्यस्तो भएको बुझ्न गाह्रो छैन । तर, कोदो तपाईंहामीले सोचेजस्तो कम गुणकारी खाद्यान्न भने हुँदै होइन । यसमा चामल र मकैभन्दा ३५ गुणा अनि गहुँभन्दा ८.७३ गुणा बढी क्याल्सियम पाइन्छ । यसमा मकैभन्दा ३.७ गुणा, चामलभन्दा २.३ गुणा र गहुँभन्दा १.५ गुणा बढी आइरन पाइन्छ । मैथिलीमा मडुवा, नेवारीमा डुसी, अंग्रेजीमा मिलेट भनिने कोदो प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो । यसलाई भविष्यको स्मार्ट खानासमेत भनिएको छ ।

कोदो खाँदाका फाइदा

  • मुुटु रोग लाग्न दिँदैन ।
  • एन्टिअक्सिडेन्ट गुण हुन्छ ।
  • हाड बलियो बनाउँछ ।
  • बालबालिकाको हाड र दाँतको विकासमा सघाउँछ ।
  • नराम्रो कोलेस्ट्रोल घटाउँछ ।
  • शरीरको विषाक्तता बाहिर निकाल्छ ।
  • पाचनतन्त्रलाई तन्दुरुस्त राख्छ ।
  • रगतको कमी हुन दिँदैन ।
  • कब्जियत हुन पाउँदैन ।
  • टाइप २ मधुमेहबाट जोगाउँछ ।
  • स्तन क्यान्सर हुन दिँदैन ।
  • शारीरिक तौल नियन्त्रित राख्छ ।
  • रक्तचाप घटाउन प्रभावकारी हुन्छ ।
  • मृगौला र कलेजोको रोग लाग्न दिँदैन ।
  • रोगप्रतिरोधी क्षमता बढाउँछ ।
  • फलफूल र सागसब्जी जतिकै पोषक हुन्छ ।
  • ऊर्जाको राम्रो स्रोत हो ।
  • पित्त थैलीमा पत्थरी हुन दिँदैन ।
  • मीठो निद्रामा सघाउँछ ।
  • छाला चम्किलो बनाइराख्छ ।
  • घाउ छिटो भरिन सघाउँछ ।
  • आमाको दूध बढाउँछ ।
  • मोटाहरूका लागि उपयोगी हुन्छ ।
  • सिलिएक रोग वा ग्लुटेन एलर्जीबाट पीडितहरूका लागि उपयोगी हुन्छ ।
  • कुपोषण हुन दिँदैन ।(एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !