७ मंसिर २०८१, शुक्रबार

रिसालु व्यक्तिको अकालमै मृत्यु हुने


angry

मानिसका विभिन्न विभिन्न बानीहरु मध्ये रिसाउने बानी स्वास्थ्याका लागि सबै भन्दा खराब पक्ष रहेको एक अध्ययन प्रमाणित गरेको छ । हाम्रो दैनिकमा जिवनमा स-साना कुराहरुमा बढि रिसाउने बानी परेका व्यक्तिहरुका निम्ति मृत्युको कारण बन्न सक्छन् । अमेरिकी वैज्ञानिकहरुको अनुसन्धान टोलीले धेरै रिस उठ्ने व्यक्तिहरुको मृत्यु छिटो हुने गरेको दाबी गरेका छन् ।

आइवा स्टेट विश्वविद्यालयमा गरिएको एक अनुसन्धान अनुसार नरिसाउने व्यक्तिको तुलनामा धेरै रिसाउने मानिसको अकाल मृत्युको खतरा डेढ गुणा बढी रहेको पत्ता लगाएका छन् । रिसका कारणले गर्दा व्यक्तिको शरीरमा विभिन्न खाले खतरनाक परिवर्तन आउने तथा जसमा तनाव उत्पन्न हुने लिएर मनोरोग लाग्ने रहेका छन् । रिसाहा मानिसको शरीरमा एड्रेनलाइन हर्मोन तिव्र गतिमा बग्ने गर्दछ । तनाव तथा रिसका समयमा यो हर्मोन पटक पटक रगतमा बग्नाले डिएनएमा असर पुग्ने गर्दछ । जसले प्राणघातक रोग तथा मृत्यु समेत हुन सक्छ ।

धेरै रिसाउने मानिसमा निद्रा कम लाग्ने तथा मस्तिष्क असर पनि पुग्न सक्छ । धेरै रिसाहा मानिसमा टाउँको दुख्ने समस्या हुन्छ । किनकी रिसले सरीरमा स्ट्रेस हर्मोनका साथसाथै एड्रेनलाइन र टेस्टोस्टेरोन हर्मोनको उत्सर्जन पनि बढ्ने अनुसन्धानले देखाएको छ । बढि रिसालु व्यक्तिमा फोक्सोको समस्या पनि बढि रहने अनुसन्धानले देखाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !