११ बैशाख २०८१, मंगलबार

चिसो मौसममा बच्चाहरुलाई स्याहार गर्ने तरिकाहरु


child
  • जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्‍याउनु आवश्यक छ ।
  • बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्नु पर्छ ।
  • रुघा लागेको मान्छेसँग घुलमिल नगराउने ।
  • बासी खानेकुराहरु नखुवाउने ।
  • चिसो चिज सकेसम्म नखुवाउने ।
  • उमालेको पानी पिउन दिने ।
  • बच्चालाई रुघा खोकी लागेको छ भने केहीदिन घरमै आराम गराउनु पर्छ ।
  • बच्चा बस्ने र सुत्ने कोठा सधै हावा खेल्ने तर न्यानो बनाएर राख्नु पर्छ ।
  • कोठामा बच्चाले खेल्ने ठाउँमा कार्पेट ओछ्याउनु पर्छ ।
  • घर बाहिर लैजाँदा मास्क लगाएर मात्र निकाल्यो भने चिसोबाट हुने रोगबाट बचाउन सकिन्छ ।
  • जाडो छ भन्दैमा धेरै बाक्ला लुगा लगाएर अनि ओढाएर बच्चालाई असजिलो र गुम्म पार्नु हुँदैन ।
  • बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ । त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ ।
  • सानो बच्चालाई तातो र झोलिलो खानेकुरा पटक–पटक ख्वाउनुपर्छ ।
  • तातो बाक्लो दाल ख्वाउने गर्नाले बच्चाहरु स्वस्थ हुन्छन् र आवश्यक क्यालोरी पनि पाउँछन् । (एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !