अनिन्द्रालाई साधारण तवरले लिने गरिन्छ । जबकी यो गम्भीर खालको मानसिक समस्याको एक लक्षण हुनसक्छ । आधाजसो मानिस वर्षमा कम्तीमा एकपटक अनिद्राको सिकार हुन्छन् । करिब १० देखि ३० प्रतिशत वयस्क मानिस कुनै न कुनै समय अनिद्राबाट प्रताडित भइरहेका हुन्छन् । बढीजसो ६५ वर्षभन्दा माथिका मानिसमा अनिन्द्राको बढी समस्या हुन्छ । अनिन्द्राबाट बढीजसो महिला पीडित हुन्छन् ।
दिनभरिको थकानपछि शारीरिक आरामका साथै मानसिक आरामको पनि उत्तिकै जरुरत छ । निन्द्राको माध्यमबाट शारीरिक, मानसिक थकान मिल्छ । निन्द्रापछि मानिसलाई ताजा र स्वस्थ अनुभूति हुन्छ । प्राकृतिक रूपमा अँध्यारो हुनेबित्तिकै मानिसलाई निन्द्राको आवश्यकता महसुस हुन्छ ।
तनाव, चिन्ता, जीर्ण प्रकारको पीडा, मुटु फेल खाँदा, थाइरोइड ग्रन्थीको अधिक काम, रजनोवृत्ति, कतिपय औषधि, क्याफिन निकोटिन एवं मद्यपानको अधिक सेवनका कारण मानिसलाई निद्रा लाग्दैन । त्यसो भएर बेलुकीपख कफी वा चिया पिउने मानिस निदाउन गाह्रो हुनसक्छ । रातिको समय काम गर्ने मानिसमा कालान्तरमा अनिद्राको समस्या उत्पन्न हुनसक्छ । अस्पताल, प्रहरी प्रशासन, सैनिक, लामो रुटका यातायात मजदुर, दैनिक पत्रिका, सफाइ कर्मचारी, दूध तथा तरकारी ढुवानीकर्तालगायत अन्य आकस्मिक सेवा प्रदायक संस्थामा काम गर्ने व्यक्ति अनिन्द्राको जोखिममा हुन्छ ।
मानसिक समस्याको अलावा माइग्रेन खालको टाउको दुख्ने, पेटको ग्यास्ट्रिक, जीर्ण खालको हाडजोर्नीको समस्या, उच्च रक्तचाप, मुटु तथा नसाको समस्या भएका, हालै मात्र शल्यक्रिया गरेका मानिसमा अनिन्द्राको समस्या हुनसक्छ । यसका साथै कुनै ठूलो प्रतियोगिता वा परीक्षा नजिक आएका व्यक्तिमा पनि अल्पकालीन तवरमा अनिन्द्रा हुनसक्छ ।
निन्द्रा लगाउने औषधिमा निर्भर हुनुभन्दा आफ्नो दैनिकीमा परिवर्तन ल्याउने, राति निश्चित समयमै सुत्ने, राति अबेरसम्म आफूलाई मन लागेको टिभी सो तथा अन्य कार्यक्रम हेर्न, सुन्न छोड्ने, दिउँसो आवश्यक मात्रामा घाम ताप्ने, राति शान्त एवं कम प्रकाशयुक्त कोठामा सुत्ने गर्नुपर्छ । यस्तो कोठा केवल शयन एवं आपसी यौनकार्यका लागि प्रयोग गर्ने गरिएको हुनुपर्छ । साँझ वा रातिको समय हेभी खालको शारीरिक अभ्यासले पनि निदाउन गाह्रो हुन्छ । अतः शारीरिक व्यायाम, योग बिहानीपख गर्ने गर्नुपर्दछ । पछिल्लो समय राति फेसबुक वा च्याटिङ्ग गर्न थालेपछि समय बितेको पत्तै हुँदैन । अतः अनिद्राले प्रताडित व्यक्तिले साँझ ७ बजेपछि नेट अन नगर्नु बुद्धिमानी हुन्छ । रातिको समय हरर तथा डरलाग्दा फिल्म, टिभी सो वा सिरियल नहेर्नु श्रेयस्कर हुन्छ ।
गहिरो निन्द्रा छैन भने नौ दश घन्टा सुत्दा पनि थकान महसुस हुन्छ । सुताइलाई दुई तरिकाले विभाजन गर्न सकिन्छ । शान्त निन्द्रा र गहिरो सक्रीय निन्द्रा । गहिरो निन्द्राले कुनै जटिल समस्या आउँदा सामना गर्न सहयोग पु¥याउँछ । डिनर समयमा चिल्लो खानेकुरा खाँदा स्थिर उर्जा प्राप्त हुन्छ र मिठो निन्द्रा लाग्छ । रातीमा माछा खाँदा सेरोटोनिन उत्पादन गर्छ जसले खुसीको भावना बढाउँछ, स्ट्रेस हर्मोन घटाउँछ । कार्बनडाईअक्साईयुक्त खानेकुराले ब्लड सुगरमा उथलपुथल ल्याउँछ र निन्द्रामा असर गर्छ । प्रोटिनयुक्त खानेकुरामा पाईने एमिनो एसिडले सहज सुत्न मद्दत गर्छ । जबकि मदिराले निदाउन सहयोग पु¥याउँछ तर गहिरो निन्द्रा लाग्दैन । निन्द्रा नलाग्नेले साँझ कफी खानु हुँदैन ।
बेडमा बसेर टेलिभिजन हेर्ने , खाने इत्यादि गर्नुहुन्न । दिउँसो सुत्नु हुन्न । नियमित व्यायाम गर्नुपर्छ । कामको प्रस्तुति, स्वास्थ्य, आवेगलाई नियन्त्रण गर्न तथा स्वास्थ्यसम्बन्ध कायम गर्न उच्च गुणस्तरको निन्द्रा आवश्यक पर्छ । बस्दाबस्दै निदाउँने वा छोटो समयमा नै निन्द्रा लाग्छ भने तपाईं स्वस्थ हुनुहुन्छ ।
अनिन्द्राका कारण भोलिपल्ट थकान महसुस हुने, चिडचिडाहट हुने, आलस्य हुने, दिनभर अनिँदो हुने, काम तथा पढाइमा ध्यानकेन्द्रित गर्न नसकिने हुन्छ । यसका कारण गाडी चलाउने व्यक्तिमा सवारी दुर्घटनाको सम्भावना बढ्ने तथा मेसिनरी एवं उचाइमा काम गर्ने व्यक्तिमा ज्यानको जोखिम हुने हुन्छ । अनिद्रासँग अभ्यस्त नभएका व्यक्तिले भोलिपल्ट दिनभरि राम्ररी काम गर्न सक्दैन । लगातार रूपमा अनिद्राले पीडित व्यक्तिमा कालान्तरमा मुटुको रोग, मधुमेह, मोटोपना, निःसन्तानको समस्या, निराशा आदि समस्या हुनसक्छ । त्यसैगरी धेरै सुत्ने तथा बिहान अबेरसम्म सुत्ने गर्नाले पनि स्वास्थ्यमा प्रतिकूल असर पर्दछ । निद्राले अल्छी मानिस कम सिर्जनशील एवं कम जाँगरिला हुन्छन् । (एजेन्सीको सहयोगमा)