९ आश्विन २०८१, बुधबार

मिर्गौला स्वस्थ राख्न अपनाउनु पर्ने उपायहरु 


mrigola

मिर्गौला हाम्रो शरीरको एउटा निकै महत्वपूर्ण अङ्ग हो । यसले हाम्रो शरीरमा रगतलाई शुद्ध बनाउन निकै ठूलो भूमिका निर्वाह गर्छ । त्यसका साथै शरीरभित्रको फोहोरलाई सफा राख्न पनि यसले मद्दत गर्छ । यसले शरीरको रक्तचापलाई नियन्त्रण गरिरहेको हुन्छ । यदि मिर्गौला खराब भयो भने हाम्रो शरीरभित्र विभिन्न विषाक्त पदार्थ जम्मा हुन्छ । यसले गर्दा हामीलाई विभिन्न रोगहरुले सताउने गर्छन् । त्यसैले हामीले सधैँ आफ्नो मिर्गौलालाई स्वस्थ राख्न ध्यान दिनुपर्छ । हाम्रो ससानो गल्तीले पनि मिर्गौलालाई असर पु¥याउन सक्छ ।

मिर्गौला स्वस्थ राख्न अपनाउनु पर्ने उपायहरु 

  • शरीरमा उच्च रक्तचाप भयो भने यसले मिर्गौलालाई असर पु¥याउँछ । त्यसैले रक्तचाप नियन्त्रणका लागि नुनको मात्रा कम गर्नुपर्छ ।
  • प्रसस्त पानी पिउनाले मिर्गौलालाई विषाक्त पदार्थ बाहिर निकाल्न सजिलो हुन्छ । त्यसैले पर्याप्त मात्रामा पानी पिउने गर्नुपर्छ ।
  • धेरै पेनकिलर प्रयोग गर्दा त्यसको सोझो असर मिर्गौलामा पर्छ । सकेसम्म पेन किलर्स प्रयोग नगरौं ।
  • यदि मिर्गौलाको कुनै समस्या छ भने राति सुत्नुअघि केही दाना किसमिस भिजाएर राख्ने । बिहान उठेपछि किसमिसलाई पानीबाट निकालेर उक्त पानी पिउनुपर्छ । यस्तो क्रम केही दिन दोहो¥याएपछि मिर्गौलाको रोग ठीक हुन्छ ।
  • रगतमा ग्लुकोजको स्तर बढ्दा मधुमेह जस्तो रोगको खतरा हुन्छ । साथै मिर्गौलाको आन्तरिक नली पनि नष्ट हुन्छ । यदि उक्त नलीमा हानी भयो भने रगत सही ढंगले फिल्टर हुन पाउँदैन । त्यसैले स्वस्थ्य मिर्गौलाका लागि मधुमेहलाई पनि नियन्त्रण गरौं ।
  • निस्क्रिय जीवनले पनि मिर्गौलाको समस्या ल्याउँछ । त्यसैले सक्रिय रहने कोशिस गरौं । नियमित व्यायाम, योग, ध्यान गरौं ।
  •  मसलेदार, अपच हुने, तारेको खानेकुरा सेवन नगरौं । बरु ताजा फलफूल, सागसब्जी सेवन गरौं ।
  • मदिराजन्य पदार्थ सेवन नगरौं । शुद्ध पानीको मात्रा बढाउनुपर्छ । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस्

मिर्गौला संक्रमण हुने कारण, यसवाट कसरी बच्ने ?

मिर्गौला फेल हुने कारण

मिर्गौला पत्थरी भएका व्यक्तिले खान हुने र नहुने फाइदाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !