१३ बैशाख २०८१, बिहिबार

औलो रोगबाट बचाउने अर्को रोग


सिकलसेल एनिमिया एक वंशाणुगत रोग हो । मानव शरीरमा हुने रगतको रक्तकोशिका सामान्यतः गोलो र लचकदार हुन्छ । त्यसो नभई यो रोग लागेका मानिसको रक्तकोशिकाले हँसियाको आकार ग्रहण गर्दछ । यस्तो अवस्थामा सामान्यतयाः एकसय २० दिन हुने रक्तकोशिकाको आयु घटेर जम्मा २० दिनमा र्झदछ ।

यो रोग हुंदाहुंदै लक्षण भने नदेखिन पनि सक्छ । संक्रमण, जलवियोजन (पानीको कमी) आदि कारणले यो रोगको लक्षण देखिन थाल्छ ।

सरकारले नयाँ स्वास्थ्य नीति अन्तर्गत सित्तैमा उपचारको व्यवस्था गरेका दश रोगमा सिकलसेल एनिमिया पनि समावेश छ ।

सिकलसेल एनिमिया भएको व्यक्तिले औलो रोग प्रतिरोध गर्न सक्दछ । तराईका आदिवासी जातिमा यो रोग छ जसका कारण उनीहरु औलोको जोखिमबाट परै रहन्छन् ।

नेपालको तराईका आदिवासी चौधरी र राना थारुमा सिकलसेल एनिमिया अत्यधिक देखिएको महाराजगञ्ज चिकित्सा क्याम्पसको प्याथोलोजी विभागले सन् २०१३मा गरेको एक सर्वेक्षणले देखाएको थियो ।

विश्व स्वास्थ्य संगठनकानुसारः
who-logoविश्वमा प्रत्येक वर्ष तीनलाख बच्चा हेमोग्लोविनजन्य गडबडी जस्तै सिकलसेल एनिमिया, थ्यालेसिमिया आदि खराबीसहित जन्मिन्छन् । अधिकांश निम्न तथा मध्यम आय भएका देशमा यस्तो समस्या देखिएको छ ।

यो समस्या मुख्यतः गर्मी ठाउँमा देखिने भएपनि बसाइंसराइंले सबैजसो देशमा व्याप्त छ ।
सिकलसेल एनिमिया अफ्रिकी महादेशमा प्रबलरुपमा देखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !