४ जेष्ठ २०८१, शुक्रबार

अस्पतालमा टेलिफोनको असुविधा


Nepal Telecom

८ कात्तिक, रोल्पा । जिल्ला अस्पताल रोल्पामा प्रभावकारी टेलिफोन सेवा नहुँदा कार्यालयको दैनिक काम प्रभावित हुँदै आएको छ । जिल्ला सदरमुकामको मुख्य बजारवाट पाँच किलोमिटर पश्चिम रेउघामा रहेको जिल्ला अस्पतालमा टेलिफोन असुविधाले सेवाग्राहीसमेत मर्कामा पर्दै आएका छन् ।

जिल्लामा नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक संस्थाबाट टेलिफोन सेवा उपलब्ध हुँदै आए पनि जिल्ला अस्पताल क्षेत्र उक्त सुविधाको प्रभावकारी पहुँचमा पुग्नसकेको छैन । कार्यकक्षमा फोनले काम नगर्ने भएकाले मोबाइल बोकेर कार्यालय बाहिर गई फोन गर्नुपर्ने बाध्यता छ जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जिल्ला जनस्वास्थ्य अधिकृत डा. सुशील आचार्यले भन्नुभयो । टेलिफोन असहजताले कार्यालय र सेवाग्राही दुवैले समस्या भोग्दै आएका छन्, डा आचार्यले भन्नुभयो ।

अस्पतालको डेलिभरी कक्षमा सिडिएमए टेलिफोनबाट काम चलाएका छौं रोल्पा जिल्ला अस्पतालका स्टाप नर्स शर्मिला आचार्यले भन्नुभयो । कहिलेकाहीँ सिडिएमएले समेत काम नगर्दा निकै सकस हुन्छ, आचार्यले भन्नुभयो ।

अस्पतालजस्तो क्षेत्रमा प्रभावकारी टेलिफोन सेवा नपुग्नु दुःखद् कुरा हो नागरिक अगुवा तीर्था आचार्यले भन्नुभयो । बिरामीको अवस्था बुझ्न तथा अस्पतालमा स्वास्थ्य परामर्शका लागि चौबीसै घण्टा टेलिफोन सेवा उपलब्ध हुनुपर्नेमा सामान्य फोन गर्न समेत सास्ती भोग्नु सामान्य कुरा होइन ।

सभामुख कृष्णबहादुर महरा सूचना तथा सञ्चारमन्त्री भएका बेला अस्पतालमा टेलिफोन सेवा उपलब्ध हुनुपर्ने माग गरिए पनि अहिलेसम्म पूरा नभएको जिल्ला अस्पतालका एक कर्मचारीले बताउनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !