७ पुस २०८१, आइतबार

विवाहपछि अधिकांस महिला मोटाउने कारण


fat

द ओबिसिटी नामक एक जर्नलमा प्रकाशित अध्ययन अनुसार विवाहपछि करिब ८२ प्रतिशत जोडी मोटाउँछन् । विवाहको ५ वर्षमा १० किलोसम्म तौल बढ्ने गरेको भेटिएको छ । अध्ययनमा पुरुषको भन्दा महिलाको तौल अत्याधिक बढ्ने गरेको पाइएको छ । यस्ता छन् विवाह पछि तौल बढ्ने १० कारणः

  •  निद्रा पूरा नहुनु

विवाह पश्चात धेरै महिलाको सुत्ने र उठ्ने समय बदलिन्छ । यति मात्रै होइन, सात घन्टा भन्दा कम सुत्न पाउने भएकाले निद्रा पूरा हुँदैन । यसले तौल बढाउन भूमिका खेल्छ ।

  •  हर्माेनल परिवर्तन

विवाह पछि महिलाको जीवनशैली परिवर्तन हुन्छ । यसले हर्माेनल परिवर्तन पनि ल्याउँछ, जुन मोटोपन बढाउने कारण बन्न सक्छ ।

  •  बढ्दो उमेर

विवाह सँगसँगै महिलाको उमेर पनि वृद्धि हुँदै जान्छ । उमेरको वृद्धिसँगै महिलाको मेटाबोलिज्म दर कम हुन्छ । यसले फ्याट बर्निङ हुने दर कम हुन्छ र तौल बढ्छ ।

  • सामाजिक दबाब कमजोर

विवाह अघि आफूलाई चुस्त दुरुस्त राख्नु सामाजिक दबाबका रुपमा लिइन्छ । विवाहअघि मोटीलाई ‘नराम्री’, ‘केटा नपाउने’ जस्ता टीप्पणी र भय समाजले सिर्जना गर्ने भएकाले फिट राख्न खोज्छन् धेरैले । तर, विवाहपछि यो प्रेसर स्वतः घट्नुका साथै आफ्नो ख्याल राख्ने समय हुँदैन उनीहरुसँग । यसकारण तौल बढ्छ ।

  •  घरमै बस्नु वा धेरै समय टिभी हेर्नु

विवाह पश्चात अधिकांस महिला घरभित्रकै काममा व्यस्त हुन्छन् । बाँकी फुर्सदको समय टिभी हेरेर बिताउन रुचाउँछन् । शाररिक रुपमा निष्क्रिय रहँदा मोटोपन बढ्छ ।

  •  तनाव बढ्नु

विवाह पछि नयाँ घर, नयाँ परिवार हुन्छ । आफूलाई त्यहाँ समायोजन गर्न मुश्किल पर्छ । जसले गर्दा तनाव बढ्छ । यसैपनि माइतिघर भन्दा कम स्वतन्त्रता र बढी डरले सदा तनावमा राख्छ महिलालाई । तनाव तौल बढाउने महत्वपूर्ण कारण मानिन्छ ।

  •  खानामा परिवर्तन

खान खाने तरिका, परिकार र समय घरपिच्छे फरक पर्छ । विवाह पछि आएको घरको खानपान त्यसअघिको जस्तो नहुँदा पनि मोटोपनको शिकार भइन्छ । विशेष गरी घरको नयाँ सदस्य भएका कारण परिवारका सदस्यले सुरुमा धेरै खान प्रोत्साहन गर्ने भएकाले पनि मोटोपन बढ्न थाल्छ ।-एजेन्सी

यो पनि पढ्नुहोस्

पेटको बोसो घटाउने उपायहरु

महिलाहरु बच्चा जन्मिएपछि किन मोटाउँछन् ? यस्तो छ तौल घटाउने उपायहरु

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !