४ जेष्ठ २०८१, शुक्रबार

ध्वनी प्रदूषणवाट मुटुमा हुने खतरा


sounds

ध्वनी प्रदूषणले मुटुका रोग निम्त्याउने खतरा रहेको एक अध्ययनले देखाएको छ । विभिन्न खालका ध्वनीका कारण कोरोनरी आर्टरी रोग, हाइपरटेन्सन र मुटु फेल हुनेजस्ता समस्या निम्तने अनुसन्धानकर्ताको भनाई छ । यो अध्ययनको नतिजा अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा यसै साता प्रकाशित छ ।

अनुसन्धानकर्ताहरुले ठूलो आवाजले निद्रा खल्बल्याउने मात्र होइन, थुप्रै स्वास्थ्य समस्या निम्त्याउने बताएका छन् । यसका कारण तनाव बढ्दा निस्कने हर्मोनले मुटुलाई क्षति पुर्‍याउन सक्छ । मुख्य अनुसन्धानकर्ता थोमस मुन्जेल भन्छन्, ‘१० वर्षअगाडिसम्म आवाजलाई मानिसहरु बेवास्ता गर्थे, तर यसले मुटुजन्य रोग लाग्ने धेरै प्रमाण भेटिइसकेका छन् ।’

यद्यपि अनुसन्धानले ठूलो आवाजले मुटु रोग लाग्छ भनेर औपचारिक रुपमा प्रमाण पेश गरेको छैन । अनुसन्धानकर्ता मुन्जेल भन्छन्, ‘लामो समयदेखि ध्वनी प्रदूषणमा रहने हो भने त्यसले डिप्रेसन र चिडचिडाहट समस्या पनि निम्त्याउँछ र बालबालिकाको वृद्धिमा पनि असर पर्छ ।’

विश्व स्वास्थ्य संगठनले ध्वनी प्रदूषणलाई निकै कम महत्वको खतराका रुपमा उल्लेख गरेको छ । जसका कारण निद्रा खल्बलिने, मुटुमा समस्या र काममा अवरोध र सुन्नमा समस्या निम्तने डब्लुएचओले जनाएको छ । डब्लुएचओले राम्रो सुताईका लागि ध्वनीको तह ३० डेसिबल हुनुपर्ने उल्लेख गरेको छ भने समुदायमा हुनुपर्ने ध्वनीको निर्देशिका सार्वजनिक गरेको छ । एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !