१२ असार २०८१, बुधबार

सर्पदंश केन्द्रमा औषधि अभाव


snake-bite

२५ साउन, उदयपुर । जिल्लाको कटारी क्षेत्रमा सर्पदंश केन्द्रमा औषधि अभाव भएको छ ।

दुई महिनादेखि यस क्षेत्रमा दैनिक सर्पको बिगबिगी बढेको छ । यहाँ दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । कटारी अस्पताल र नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा औषधि अभाव भएपछि बिरामीलाई उपचारका लागि अन्यत्र जान सिफारिश गर्ने गरिएको छ ।

“बिरामीलाई समयमै अस्पताल पु¥याउन नसक्दा बाटैमा मृत्यु हुने गरेको छ,” कटारी अस्पतालका प्रमुख डा गौरव साहले भन्नुभयो, “दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन्, औषधि नहुँदा अन्य अस्पताल लैजान सिफारिश गर्नुपर्ने बाध्यता छ ।” अस्पतालमा सर्पदंशका बिरामी राख्न भेन्टिलेटर छैन ।

कटारी ताराघारीस्थित शार्दूल गणमा रहेको नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पनि औषधि अभाव भएको सेनानी उपेन्द्र रेग्मीले बताउनुभयो । वर्षातको समयमा सर्पको बिगबिगी बढेको छ । वैशाखयता शार्दूल गणको सर्पदंश उपचार केन्द्रमा एक सयभन्दा बढी बिरामीको उपचार गरिएको थियो । तेह्र जनालाई निको पारिएकोमा अन्यलाई उपचारका लागि अन्य अस्पताल सिफारिश गर्नुपरेको सेनानी रेग्मीले बताउनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !