५ जेष्ठ २०८१, शनिबार

अदुवा खानुको फाइदाहरु


अदुवा

अदुवा हामी मसलाको रुपमा प्रयोग गर्ने गर्छौं । अदुवाले खानाको स्वाद बढाउन मद्धत गर्छ । अदुवालाई आयुर्वेदमा औषधि बनाउनको लागी प्रयोग गर्ने गर्छौं । अदुवालाई हामी घरेलु उपचारको लागी विभिन्न समस्याहरुले सताउँदा प्रयोग गर्न सक्छौँ । त्यसैले यो हाम्रो लागी निकै फाइदाजनक छ । अदुवालाई हामी काचैं पनि चपाउन सक्छौँ । यसलाई चियामा हालेर पनि चिया पिउन सकिन्छ ।

अदुवाको सेवनबाट हामीलाई पुग्ने फाइदहाहरु यस्ता छन् :

  • यसले हाम्रो पाचन पक्रियालाई बलियो बनाउन मद्धत गर्छ । जसले गर्दा हामीलाई खाना पचाउन मद्धत पुग्छ ।
  • हरेक दिन अदुवा खाने गरेमा शरीरको अनावश्यक बोशो हट्छ । जसले गर्दा हाम्रो मोटोपना हराउँछ र हाम्रो तौल नियन्त्रित रुपमा रहन्छ ।
  • अदुवाको रस पिउनाले हाम्रो रगत सधैं सफा रहने गर्छ ।
  • अदुवा पानि पिउने गरेमा हाम्रो शरीरमा रहेको चिनीको मात्रा नियन्त्रित रुपमा रहने गर्छ । यसले गर्दा हामीलाई मधुमेह हुने सम्भावना निकै कम हुने गर्छ ।
  • अदुवाको सेवनले हामीलाई फोक्शो , कलेजो र छालाको क्यान्सर हुने सम्भावना निकै कम हुन्छ ।
  • हरेक दिन अदुवा चपाउने गरेमा हामीलाई रुघाखोकी हुने सम्भावना निकै कम हुन्छ ।
  • अनुहारमा आउने पिम्पल्स र दाग हटाउन चाहानु हुन्छ भने हरेक दिन अदुवा खाने गर्नुहोस यसले तपाईलाई फाइदा पुर्याउँछ ।
  • यसमा पाइने फोस्फोरसले हाम्रो दाँतलाई स्वास्थ्य राख्छ र गिजामा घाउ पनि आउन दिदैन ।एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !