पोखरा । पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरामा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु भएको हो ।
पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी ती महिलामा गत असार २५ गते कोरोना संक्रमण देखिएको थियो ।
उनलाई उच्च रक्तचाप र मधुमेह पनि देखिएको अस्पताल प्रशासनले जनाएको छ । गण्डकीमा अहिले कोरोना सङ्क्रमणको दर बढ्न थालेको निर्देशनालयले जनाएको छ ।
हाल प्रदेशभर ८ जना सङ्क्रमित उपचाररत रहेका छन् । तीमध्ये कास्कीमा ५ जना छन् भने बागलुङमा २ र स्याङ्जामा एक जना छन् ।












