३ फाल्गुन २०८२, आइतबार

नेपाल औषधि व्यवसायी संघ नवलपुरको ५२ औँ संस्था दिवस सम्पन्न


नेपाल औषधि व्यवसायी संघ नवलपुर

नवलपुर । नेपाल औषधि व्यवसायी संघ नवलपुरको ५२औँ संस्था दिवस सम्पन्न भएको छ । हिजो असार १० गते नेपाल अैाषधि व्यवसायी संघ नवलपुरद्वारा आयोजित गैारवमय ५२ अैाँ संस्था स्थापना दिवस कार्यक्रम जिल्ला प्रशासन कार्यलय नवलपुर परिसमा भव्यताका साथ मनाइएको थियो ।

सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु यस संस्थाले मनाउदै आएको छ । हिजो संस्थाको ५२ औँ स्थापनाको शुभ अवसरमा जिल्ला प्रशासन कार्यालय कावासोतिमा ह्वील चियर र आपतविपत्, दुर्घटना, आकस्मिक विरामी तथा अन्य आकस्मिक प्रयोजनको लागि जिल्ला प्रहरी कार्यालय अन्तर्गत ट्राफिक प्रहरी कार्यालयलाई स्टेचर सामाग्री वितरण पनि गरिएको थियो ।

कार्यक्रम आयोजना सहजीकरण तथा व्यस्त समयतालिकावीच कार्यक्रममा सहभागिताको लागि नवलपुरका प्रमुख जिल्ला अधिकारी आदरणीय भविश्वर पाण्डेलगायत कार्यक्रममा सहभागी जिल्ला शाखाका सम्पुर्ण संस्थाका सदस्यहरूलाई धन्यवाद व्यक्त गर्दै प्रमुख जिल्लाअधिकारीले गरेको संस्थागत कार्यहरुको प्रसंसाको लागि हार्दिक आभार व्यक्त पनि गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !