काठमाडौं । सुदूरपश्चिम प्रदेशमा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिममा बितेको २४ घण्टामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले बुधबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार, सीमा नाकामा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेहरुमा कञ्चनपुरको पुनर्वासका २० वर्षीय युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिला रहेका छन् ।
कैलालीको गौरीफन्टा नाकामा परीक्षणका क्रममा कोरोना देखिएको केन्द्रले जनाएको छ । भारतमा कोरोना संक्रमण देखिन थालेपछि नेपालका नाकाहरूमा कडाइ गरिएको छ ।












