३ आश्विन २०८१, बिहीबार

गम्भीर रोगीलाई रु १२ लाख सहयोग


पैसा

२४ असार, ललितपुर । गोदावरी नगरपालिकाले नगरपालिकामा स्थायी बसोबास गरिरहेका गम्भीर प्रकृतिका रोगबाट ग्रसित ४७ बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

मुटु, अर्बुदरोग तथा मिर्गाैलाजस्ता रोगबाट ग्रसित अशक्त बिरामीका लागि आव २०७४÷७५ मा प्रतिव्यक्ति रु २५ हजारका दरले रु एघार लाख ७५ हजार सहयोग गरिएको नगर प्रमुख गजेन्द्र महर्जनले प्रमुख महर्जनले बताउनुभयो ।

आगामी आवमा समेत सो किसिमका बिरामीका लागि आवश्यक सहयोग गरिँदै जाने नगरपालिकाको नीति छ । नेपाल सरकारबाट समेत त्यस्ता बिरामीलाई सहुलियत प्रदान गरिँदै आएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !