काठमाडौं । चीनमा फैलिएको ह्युमन मेटान्युमोनोभाइरस (एचएमपीभी) भाइरस’ भारतमा समेत देखिएको छ । भारतको कर्नाटकमा ‘एचएमपीभी भाइरस’ देखिएको हो ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल एक्समा कर्नाटकमा नियमित परीक्षणका क्रममा ‘एचएमपीभी भाइरस’ का दुई घटना सार्वजनिक भएको जनाएको हो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार दुवै घटनामा बालबालिकामा संक्रमण देखिएको छ । तीन महिनाकी बालिकामा उक्त संक्रमण देखिएको हो । उपचारपछि उनी अस्पतालबाट ‘डिस्चार्ज’ भएकी छन् ।
यस्तै आठ महिनाका एक बालक पनि एचएमपीभीबाट संक्रमित छन् । बेंगलुरुको एक अस्पतालमा उनको उपचार जारी छ । बालकको अवस्था स्थिर छ । उनलाई निगरानीमा राखिएको छ । पछिल्ला केही दिनदेखि चीनमा एचएमपीभी संक्रमण तीव्र गतिमा फैलिरहेको खबर आएको छ ।