८ पुस २०८१, सोमबार

यस्तो छ धन्वन्तरी दिवसको महत्त्व


धन्वन्तरी दिवसको महत्त्व

नवलपरासी । धन्वन्तरी दिवस नेपालमा धुमधामका साथ भोलि मनाइँदैछ । यो दिवस प्रत्येक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन मनाइने गरेको छ । यो दिनमा भगवान् धन्वन्तरीलाई आयुर्वेदका पिता गुरु मानिन्छ ।

भनिन्छ भगवान् धन्वन्तरी देवताहरूका पनि चिकित्सक थिए । धन्वन्तरी जयन्तीका दिन धनतेरस तथा धन्वन्तरी त्रयोदशीको नामले पनि चिनिन्छ । आयुर्वेद चिकित्सा पद्धतिका जन्मदाता धन्वन्तरी समुद्रबाट अमृत कलश लिएर प्रकट भएका थिए ।

त्यसैले आजको दिन वैध हकिम कविराज आयुर्वेद डाक्टर सवैले भगवान धन्वन्तरीको पुजा आजा गर्दै धन्वन्तरी जयन्ती मनाउने चलन परम्परादेखि चल्दै आएको छ । धेरैलाई यो कुरा थाहा नहुन सक्छ । आजको दिन नयाँ भाडा किनेर त्यसमा भगवान धन्वन्तरीलाई प्रसाद चढाउने गरेको हुन्छ ।

तर हाम्रो असली धन त स्वास्थ्य हो । धन्वन्तरी ईसा भन्दा दसहजार वर्ष पूर्व भएको मान्यता छ । धन्वन्तरी काशीका राजा महाराज धन्वका सन्तान थिए । त्यो समयमा शल्य शास्त्रमा महत्वपूर्ण अन्वेषण गरेका थिए ।

उनको जीवनको साथ अमृतको कलश जोडेको पाइन्छ । त्यो समय देखी नै आयुर्वेदको विकास भएको पाईन्छ । पछि एलोपेथिकले बढी स्थान लिएको देखाइएको छ । यस्तो हुनुमा आयुर्वेदप्रति आयुर्वेद डाक्टरको ध्यान पुग्न नसक्नु दु:खद मान्न सकिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !