१२ आश्विन २०८१, शनिबार

दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन


दमौली अस्पतालमा थपिए दुई थान डायलाइसिस मेसिन

तनहुँ । संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई रु २८ लाख बराबरका दुई थान हेमोडायलाइसिस मेसिन प्रदान गरेको छ ।

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बराललाई शनिबार ती मेसिन हस्तान्तरण गरेका हुन् । अस्पतालमा हाल दश वटा डायलाइसिस मेसिन छन् ।

अस्पतालले दैनिक आठ वटा मेसिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा.बरालले राससलाई जानकारी दिए । एउटा मेसिनबाट दैनिक तीन जना बिरामीको सेवा भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !