६ जेष्ठ २०८१, आइतबार

सुनीताको त्यो दर्दमा ज्वालाको मलम र ट्रमाको बेड नम्वर ६४२


सुनिता पुन

काठमाडौं । दशै र तिहारको रमझम थियो । नाचगानका भाकाहरु कणाली प्रदेशको पहाडी जिल्ला सल्यानमा गुञ्जीरहेका थिए । दशै र तिहारका लहरेभाकासँग एक प्रेमिल जोडिपनि विवाह बन्धनमा बाँधिएको धेरै समय वितेको थिएन ।

प्रेमिल जोडि जीवनका अनेक रंगहरु भर्दै भविश्यको योजना बुनिरहेको थियो । १५ असोजका दिन त्यो प्रेमिल जोडिको जीवनमा साँच्चिकैको ब्रजपात भयो । जसको परिणाम भयावह हुँदै काठमाडौं ट्रमा सेन्टरको बेड नम्वर ६४२ मा पुगेको छ ।

आफैले प्रेम गरेको केटासँग विवाह बन्धनमा बाँधिदा सल्यान कुमाख गाउँपालिका ७ जिमालीकि सुनिता पुन निकै खुसी थिइन । १५ असोज २०७९ विहान जिमालीबाट सार्वजनिक गाडी चढिन् । गाडी चढेको एक घण्टामै दुर्घटना पर्यो । सुनीता गम्भीर घाइते भइन । उनको टाउको, शरिरको पछाडीको भाग र खुट्टामा गम्भीर चोट लाग्यो ।

श्रीमति चढेको सार्वजनिक यातायात दुर्घटना भएको थाहा पाउनसाथ श्रीमान राजेश पुन घटनास्थल पुगे । घाइते श्रीमतिको उद्धार गरी नेपालगञ्ज भेरी अस्पतालमा पुरयाए । लामो समय उपचार गर्दापनि सुनीताको स्वास्थ्यमा सुधार आएन । त्यसपछि उनले भारतको लखनउमा पुरयाए । घरमा भएको सम्पूर्ण सम्पति उपचारमै सकियो तरपनि श्रीमतिको स्वास्थ्यमा सुधार आउन सकेन ।

एकातिर सवै सम्पति सकियो, अर्काेतिर श्रीमतिको स्वास्थ्य अबस्थामा सामन्य पनि सुधार आएन । भारतमा उपचार गराउन नसकेपछि राजेशले घाइते श्रीमतिलाई जिल्ला प्रशासन कार्यालय सल्यानमा पुरयाए । श्रीमतिलाई काखमा उच्चालेर जिल्ला प्रशासन लिदै गरेको तस्वीर साँच्चिकै दर्दनाक थियो ।

सुनीताको दर्दनाक तस्वीर सामाजिक सञ्जालमा देखेलगतै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रमुख जिल्ला अधिकारसँग कुरा गरेर हवाई सेवाबाट काठमाडौं ल्याए । काठमाडौंको ट्रमा सेन्टरको ६४२ नम्वर बेडमा सुनीताको उपचार भइरहेको छ । मन्त्री ज्वालाले आफै आर्थिक सहयोग गरेर उपचार गराइरहेका छन् । दैनिक सुनीताको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै चिकित्सकहरुसँग परामर्सपनि गरिरहेका छन् ।

सुनीताको स्वास्थ्य अबस्था जटिल छ । तर पनि श्रीमान राजेशले हार मानेका छैनन् । श्रीमतिको ज्यान बचाउन विगत ९ महिनादेखि निरन्तर लागिरहेका छन् । ९ महिनादेखिको चोटका कारण सुनीता अस्पतालको बेडमा कहिलेकाँहि चिच्चाउने गर्दछिन् र श्रीमान राजेशका आँखा रसाउने गर्दछन् ।

श्रीमतिको उपचारमा सम्पूर्ण सम्पति सकेका राजेशलाई मन्त्री ज्वालाले सहयोग गरेपछि अन्य सहयोगीहरुले पनि आर्थिक सहयोग गर्न थालेका छन् । देश विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग जुट्न थालेको राजेशले बताए ।

बुधवार अमेरिका र कोरियामा रहेका नेपालीहरुले पठाएको दुई लाख २० हजार मन्त्री ज्वालाले हस्तान्तरण गरेका छन् । सल्यानी समाज दक्षिण कोरियाका वसन्त राना, टासिङ पुन, भीमराज बुढाथोकीले १ लाख ५५ हजार आर्थिक सहयोग पठाउनुभएको थियो भने, नेपालगञ्ज निवासी विमलकुमार चन्दको पहलमा अमेरिकाको भर्जिनियामा रहेका जुली ओली र प्रदीप ओलीले ६५ हजार आर्थिक सहयोग गरेका छन् ।

सुनिता पुन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !