१२ पुस २०८१, शुक्रबार

आर्थिक रूपमा कमजोरलाई निःशुल्क उपचार गर्ने व्यवस्था हुन्छ : स्वास्थ्यमन्त्री बस्नेत


मोहनबहादुर बस्नेत बागमती प्रदेशको सरकार डिभिजन नं. ३ सिन्धुपाल्चोकको सहयोगमा निर्माण सप्पन्न भएको हेलम्बु गाउँपालिका-३ स्थित पाल्चोक खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत ।तस्वीर :देवराज सुवेदी / रासस

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन् । हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरेयो ।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उनले जानकारी दिए । मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने र पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताए । उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकारसमक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको दाबी गरे ।

पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममम सांसद तामाङले पाल्चोक मन्दिरलाई अझै प्रचार–प्रसारको आवश्यकता रहेको बताउँदै उनले सडक स्तरोन्नति गर्न प्रदेशलाई सिफारिस गरेको र अबको आर्थिक वर्षमा योजनापर्ने बताए ।

हेलम्बु ग्रेट ट्रेललाई प्रदेशको गौरवको योजना बनाउन प्रदेश सरकारको २०८०/८१ को नीति तथा योजनामा सिफारिस गरिएको उनले जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता कान्छा लामा, बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री निमा लामासहितले शुभकामना मन्तव्य राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !