७ पुस २०८१, आइतबार

स्वास्थ्यको लागि सर्पगन्धाको प्रयोग गर्नुका फाइदाहरु


सर्पगन्धा

सर्पगन्धा एपोसाइनेसी परिवारको महत्वपूर्ण जडिबुटीहो । यो जडिबुटीबारे लियोनार्ड राल्फले सन् १५८२ मा पत्ता लगाएका थिए । यो जडिबुटी छिमेकी राष्ट्र भारत र चीनमा परम्पारिक औषधिको रूपमा ३००० बर्षदेखि चल्दै आएको इतिहास छ ।

तर यो औषधि नेपालमा प्रशस्त उत्पादन हुदा पनि यस्ले खासै प्रचार पाउन सकेन । सर्पगन्धा जडिबुटी हाम्रो देशमा प्रसस्त उत्पादन हुने गरेको पाइन्छ।तर यस्को प्रचार प्रसार र प्रयोग कम भएकाले होला यस्ता जडिबुटी त्यसै खेर गइरहेका छन् ।

यो जडिबुटीको प्रयोगले ब्लड प्रेसरको विरामीलाई राम्रो फाइदा गर्दछ । आजकाल एलोपेथिकका औषधि सेवन गर्ने बानीका कारण यसको प्रयोग कम हुने गरेको एक अध्ययनले देखाएको छ । नेपालमा यसको खेती गरेर प्रशस्त आय भित्र्याउन सकिने सम्भावना छ । यस्ता औषधि त्यसै खेर गएको देखिन्छ । बेरोजगार मेट्न यो जस्ता अनगिन्ती जडिबुटी रोपेर डलर भित्र्याउन सक्ने सम्भावना नेपालमा प्रशस्त देखिन्छ ।

आजकाल हरेक घरमा के बालक के बुढा के युवा सवैमा मुटुको रोग, कोलेस्ट्रोल, ब्लडप्रेसर,सुगर जस्ता थुप्रै रोगले हरेक नेपालीलाई जकडेको हामी पाउँछौ ।हरेक आयुका व्यक्तिमा ब्लडप्रेसरका कारण निन्द्रा कम पर्ने समस्या आयदिन देखिन थालेको छ । यस्ता समस्यालाई समेत सर्पगन्धाको प्रयोगले निको हुन सक्ने आयुर्वेदका अनुभवी बैध डाक्टरको राय छ ।

सर्पगन्धा जस्ता अनेकौं औषधि नेपालमा प्रशस्त उत्पादन गर्न सकिने सम्भावना भएपनि यसतर्फ राज्यको ध्यान पुग्न सकिरहेको छैन । यस्ता जडिबुटी उत्पादन गर्नमा जनतालाई सरकारले प्रोत्साहन दिन सकेमा राम्रो डलर भित्र्याउन सकिने भएको छ । जडिबुटीको खानीको रूपमा चिनिने देश नेपाल आज जडिबुटीको लागि छिमेकी राष्ट्रको भरमा निर्भर देखिन्छ ।

नेपालीलाई परनिर्भरमा होइन आफ्नै पाखुरामा बाँच्न सक्ने खालका योजनाहरु भित्र्याउन सके देशले हात फैलाउन नपर्ने भएको छ । विकास हुनुपर्छ हिजो नेपालमा सिंहदरबार वैधखानाले नेपालका जडिबुटी संकलन गरेर थुप्रै औषधि उत्पादन गर्ने गरेतापनि अहिले भने बजारमा यस्ता औषधि पाउन छोडेको जनगुनासाहरु सुन्न थालिएको छ ।

आज देशमा महंगी बढ्नुको पछाडि अनावश्यक खर्च र परनिर्भरमुखी राज्य संचालनले र उत्पादनमुखी नभई देशको होस् या व्यक्तिको स्तरमा सुधार गर्न काम नगरि केहि हुनेवाला छैन । यस्ता काममा हाम्रो ध्यान पुग्न आवश्यक छ । ह्रासमुखी होइन उत्पादनमुखी बनेर केहि गर्नुपर्ने समय आएको छ । बेरोजगारलाई रोजगार दिने खालको काम गर्न आवश्यक छ ।

देशले पहिलो काम लोकतन्त्र बाहली भएयता उद्योगतर्फ ध्यान दिन नसक्नु भएका उद्योग समाप्त पार्नु अरूले गरेको कामलाई प्रोत्साहन दिन नसक्नु उत्पादन भएका तरकारी, धान, गहु, मकै जस्ता अनेकौं उत्पादनतर्फ सरकारको ध्यान पुग्न नसक्नु हरेक बस्तुको निर्यात छिमेकी राष्ट्रबाट गर्नु व्यापार सवै छिमेकीको गर्ने जस्ता कामले गर्दा जनता सडकमा पुग्नु पर्ने बाध्यात्मक परिस्थितिमा जनता पुगेको हामी देखि रहेका छौं ।

जनता धनी भए राष्ट्र समृद्ध हुन सक्छ । जनता गरिब हुनु भनेकै राष्ट्र कमजोर हुनु हो। जनताको चाहना विपरित हुने जुनसुकै कामको महत्व कमजोर हुने गरेको हुन्छ । देश चाहे धर्मको क्षेत्रमा होस् या विकासको क्षेत्रमा किन नहोस् कमजोर हुँदै गएको छ । भगवानप्रति विस्वास नगर्नेहरु सवैभन्दा बढी नेपाली देखिएका छन् । अमेरिका भारत चीन जस्ता देशमा धर्म जति-जति फस्टाएको छ त्यही अनुपातमा देश पनि समृद्ध हुदै गएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !