४ मंसिर २०८१, मंगलबार

स्वास्थ्य मन्त्री गिरी र डब्लुएचओका महानिर्देशक टेड्रोसवीच स्वीट्जरल्याण्डमा भेटवार्ता


पदम गिरी र डा. टेड्रोस अधानोम गेब्रेयसस

स्विजरल्याड । विरामी सुरक्षा सम्बन्धि पाँचौ मन्त्री स्तरिय शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले आफ्नो कार्यकक्षमा भेट गरेका छन् ।

भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको लागि धन्यबाद दिए । विशेष गरी खोप कार्यक्रम पोलियो लयागत खोप, विभिन्न प्रकोपहरूको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि धन्यबाद दिए ।

भेटमा २०७२ सालको भुकम्प हैजा प्रकोप कोभिड महामारी र कोभिड खोप नेपालका लागि उपलब्ध पुर्याउन खेलेको भूमिकाको लागि समेत मन्त्री गिथरीले धन्यबाद ब्यक्त गरे ।

नसर्ने रोग र मानसिक स्वास्थ्य तथा प्रति जैविक औषधीको प्रतिरक्षा प्रणाली लगायतका हाल भैरहेका गतिबिधिहरू विस्तार र आपसी सहकार्य समन्वयमा गर्ने कुरा मन्त्री गिरीले राखेका थिए ।

विश्व स्वास्थ्य संगठनका समन्वय सेन्टरहरू निर्माण र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सुदृढीकरण स्वास्थ्य सुरक्षा र अन्तराष्ट्रिय स्वास्थ्य नियमनको कार्यान्वनका लागि मूल क्षमता अभिबृद्धिका लागि निरन्तर सहयोगका कुराहरूका विषयमा भेटमा छलफल भएको मन्त्रीका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !