७ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य बीमामार्फत सबै जनताको नि:शुल्क उपचारको प्रबन्ध सुनिश्चित गरिनेछ : स्वास्थ्यमन्त्री गिरी


पदल गिरी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य बिमा मार्फत सबै जनताको उपचारलाई सुनिश्चित गरिने बताएका छन् ।

शनिबार मनमोहन सामुदायिक अस्पतालमा स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गिरीले स्वास्थ्य बिमा कार्यक्रममा जिल्लाहरूमा समस्याको रुपमा रहेको बताए । बिमा कार्यक्रम संचालन गरेका अस्पतालहरुले कार्यक्रम सञ्चालन गर्न नसकिने बताउन थालेको भन्दै बिमा कार्यक्रम कार्यान्वयनका समस्या छिट्टै समाधान हुने स्वास्थ्य मन्त्री गिरीले बताए ।

बिमा कार्यक्रम संचालनमा आइपरेका समस्याहरुको बारेमा जानकारी लिन आफुले सम्बन्धित निकायसंग छलफल गरिसकेको भन्दै समस्या समाधानको पहल छिट्टै गरिने गिरीको भनाई छ । गरिब जनताले स्वास्थ्य बिमा कार्यक्रम मार्फत धेरै सुबिधा लिनसक्ने भएपनि कार्यक्रम कार्यान्वयनमा धेरै समस्या भएको गिरीको भनाई छ ।

रोटरी क्लबले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गर्दै मन्त्री गिरीले सबै नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व रहेको उल्लेख गरे । मन्त्री गिरीेले सोही अबसरमा मनमोहन सामुदायिक अस्पतालको अनुगमन समेत गरेकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !