११ बैशाख २०८१, मंगलबार

भारतमा उत्पादन गरिएका औषधिको सेवनले लियो बच्चाको ज्यान !


औषधिको सेवन

नवलपुर । हामीले औषधि सेवन गर्दा होस् या गराउदा राम्रो कम्पनीको नै खुवाउने गरौं । आजकाल गुणस्तरहीन औषधिको सेवनले मान्छेको ज्यान समेत जान सक्ने देखिन्छ । औषधि सेवन हमेसा स्वदेशी कम्पनीको सेवन गर्ने बानी बसालौं । मान्छे पैसाको लोभमा यस्तो घटिया औषधि बेच्ने काम गर्दा रहेछन् भन्ने कुरा हामी देख्न सक्छौं ।

भारतको गांबियामा केही महिनाअघि ६६ जना बच्चा घटिया औषधिको सेवनबाट ज्यान गएको थियो । WHO ले यो कम्पनीले बनाएका औषधिमा रोक लगाएको छ । नागरिकलाई यस्ता औषधि सेवन नगर्न भनेको छ । यस्ता औषधिको सेवन बाट मात्र ६६ होइन अन्यमा पनि यो घटना घटेको हुन सक्ने आशंका गरिएको छ ।

यस्ता औषधिको नाम प्रोमेथाजिन ओरल सॉल्यूशन (Promethazine Oral Solution), कोफेक्समालिन बेबी कफ सिरप (Kofexmalin Baby Cough Syrup), मकॉफ बेबी कफ सिरप (Makoff Baby Cough Syrup) मैग्रीप एन कोल्ड सिरप (Magrip N Cold Syrup) यी सवै औषधि भारत हरियाणास्थित मेडेन फार्मास्यूटिकलद्वारा उत्पादन गरिएका छन् ।

यो समाचार भारतका मेडियाले छापेको छ । हाम्रो देशमा उत्पादन हुने औषधि अन्तर्राष्ट्रियको भन्दा कम नभएको यस्ता औषधि सेवन गर्दा हुन सक्ने घटनाको तुरुन्त छानबिन गर्न सकिने तर अन्तर्राष्ट्रिय स्तरबाट आको औषधि विदेशी औषधि नेपालमा चेक गर्ने निकाय नहुँदा समस्या देखिने हुनाले सचेत हुन आवश्यक छ ।

स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा औषधि सेवन गराउदा यस्ता विषयमा बढी ध्यान दिनुपर्ने समय देखिन थालेको छ । भारत हरियाणास्थित मेडेन फार्मास्यूटिकलद्वारा उत्पादन गरिएका चार प्रकारका औषधिमा केही खोकिका र केही रूघाका देखिएका छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !