७ पुस २०८१, आइतबार

स्वास्थ्यको लागि एलोपेथिक भन्दा आयुर्वेदिक औषधिको प्रयोगमा जोड


आयुर्वेदिक औषधिको प्रयोगमा जोड

नवलपुर । बदलिँदो समयमा मानवीय स्वास्थ्यको लागि एलोपेथिक औषधि भन्दा आयुर्वेदिक औषधिको प्रयोग गर्न विज्ञले जोड दिएका छन् । हिजो भाद्र ५ गते आइतबार नवलपुरमा आयुर्वेदिक र एलोपेथिक विषयमा विज्ञहरुले बृहत छलफल गरेका हुन् ।

यस विषयमा डा. राम बहादुर बोहराले सिद्ध फर्मुलेशनका मेनेजिङ डाइरेक्टर रामचन्द्र पौडेल र मार्केटिङ डाइरेक्टर हरिहर भण्डारीसंग यसै विषयमा छलफल गरेका हुन् । अहिलेको बदलिँदो समयमा मानवीय स्वास्थ्यलाई ख्याल राखेर एलोपेथिक औषधिको महत्व भन्दा पनि आयुर्वेदिक औषधिको महत्वलाई बुझेर यसको प्रयोगमा जोड दिइएको हो ।

विगत लामो समयदेखि नवलपुरमा आयुर्वेदिक पेटेन्ट औषधि प्रयोग गरिंदै आएको छ । यदि आयुर्वेद जडिबुटीको कच्चा पदार्थ नहुने भएको भए एलोपेथिकका अधिकांश औषधि बन्ने नै थिएन । यो कुरा हरेक नेपालीले बुझ्न आवश्यक छ । औषधि जस्तो संबेदनशील बस्तुको जानकारी हरेकलाई हुन आवश्यक छ ।

एलोपेथिकका डाक्टरको कलमले पनि यस्ता औषधि लेख्दै आएको सर्वविदितै छ । यहाँ एलोपेथिक पनि चलाउन आवश्यक नभएको होइन फास्ट ट्रयाक रूपमा हामीले एलोपेथिक पनि चलाउनु पर्दछ । तर यसको साथ साथै आयुर्वेदिक औषधिलाई पनि चलाउनुपर्ने समय आएको देखिएको हो ।

डा. बोहराले मार्केटिङ डाइरेक्टर भण्डारीसंग मार्केटिङको अवस्थाबारे बुझ्ने कोसिस गरेर आयुर्वेदिक पेटेन्ट औषधिको अवस्था कस्तो छ भनेर सोधेको प्रश्नमा आयुर्वेद काउण्टर भन्दा एलोपेथिक काउण्टरमा बढी बिक्री हुने गरेको जवाफ दिएका थिए । एलोपेथिक औषधि सबैभन्दा धेरै आयुर्वेदबाट बन्ने कुरामा मेनेजिङ डाइरेक्टरको विषेश जोड थियो ।

हाम्रो आफ्नै देश सुहाउदो आयुर्वेदिक र जडिबुटीको खानी भएको देशमा आयुर्वेदिक औषधिको उत्पादन गर्न प्रयाप्त कच्चा पदार्थ नेपालमै पाइने हुनाले सस्तो रेटमा औषधि उत्पादन गरेर रोगीको सेवा दिन सके कच्चा पदार्थको लागि बाहिर पठाउने डलर स्वदेशमै रहने हुनाले यसतर्फ सवैको ध्यान पुग्न जरुरी भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !