१२ बैशाख २०८१, बुधबार

आयुर्वेदिक औषधिवाट प्यारालाइसिसको उपचार विधिको एक अनुभव


प्यारालाइसिसको उपचार

आज नेपालमा सवैभन्दा बढी देखिने रोगको श्रेणीमा प्यारालाइसिस पर्दछ । रक्त सञ्चारमा अवरोध आएपछि हुने कमजोरीलाई प्यारालाइसिस वा पक्षाघात भनिन्छ । पक्षाघात हुने धेरै कारण भएपनि यसलाई मुख्यतय: २ किसिमले हेर्न सकिन्छ ।

प्यारालाइसिस चाहेर हुने होइन । आफ्नो स्वास्थप्रति सजगता नअपनाउँदा यो समस्या निम्तने हुन्छ । हामीले विगत लामो समयदेखि यस्ता उपचार आयुर्वेद पद्धतिबाट गर्दै आएका छौं । यो रोग लागेपछि चाँडो निको हुदैनन् ।

१. रक्तसञ्चार नपुगेर हुने प्यारालाइसिस, जसलाई इन्फाक्र्सन भनिन्छ ।

२. रक्तसञ्चार हुने धमनीमा कमजोरी आएर रक्तश्राव हुने प्यारालाइसिस, जसलाई ब्रेन हेमरेज भनिन्छ ।

लक्षण

अचानक मस्तिष्कको जुन भागमा अप्ठेरो परेको हो त्यस भागले नियन्त्रण गर्ने अंगमा कमजोरी देखिन्छ । प्रायः प्यारालाइसिसमा एक साइडको हातखुट्टा र मुख बाङ्गो हुन्छ । आँखालाई नियन्त्रण गर्ने भागमा भयो भने आँखाका लक्षण देख्न सकिन्छ । तर कहिलेकाही पक्षाघातको खतरनाक पूर्व संकेत पनि पाइन्छ । जसलाई ‘ट्रान्जिएन्ट एण्ड स्क्रिमिक अट्याक’ भनिन्छ । प्यारालाइसिस भइसकेपछि कुनै एक हात र एक खुट्टा नचल्ने हुन्छ ।

रोकथाम

२० वर्ष उमेर पुगेपछि स्वस्थ व्यक्तिले पनि नियमित स्वास्थ्य परीक्षण गराउनु उचित हुन्छ । उच्च रक्तचाप, मधुमेह, मोटोपन, ध्रुमपान र खराब बोसो छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ । शरिरलाई सधै स्वस्थ राख्ने, सकारात्मक सोच राख्ने, नियमित व्यायाम गर्ने गर्नुपर्छ । खानपिनमा विशेष ध्यान दिनुका साथै जीवनशैली परिवर्तन गरेमा प्यारालाइसिसबाट बच्न सकिन्छ ।

उपचार

आज मैले आयुर्वेदिक उपचारबाट प्यारालाइसिसको उपचार गर्ने विधिबारे प्रकाश पार्ने जमर्को गर्दैछु ।

१. एकाङ्गविर रस १ गोली दिनमा २ पटक ५/६ महिना सम्म खान दिनाले फेसिएल प्यारालाइसिस निको पार्दछ ।

२. माहा योगराज गुग्गल १ गोली दिनमा २ पटक खान दिने ।

३. माहाराष्नादि काढा यो औषधि १५ देखि ३० एम,एक जति समभाग पानी मिलाएर खान दिने ।

४. लसुनको ४ वटा केसरी विहान बेलुका दुधसंग खान दिने ।

५. लसुनको ८-१० वटा केसरीलाई मसिनोसंग थिच्ने र एक कप दूधमा राखेर पकाउने राम्रोसंग पाकेपछि चिनि राखेर दैनिक खान दिने राम्रो फाइदा गर्दछ ।

६. सुठो र सिधेनुन समभाग मिलाएर पिस्ने र नस लिने फाइदा गर्दछ ।

नोट : यो उपचारबाट धेरैले लाभ उठाउनु भएको छ ।‌

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !