१३ बैशाख २०८१, बिहिबार

औषधि महँगो भएमा सबैभन्दा ठूलो मारमा दु:खी गरीव


औषधि

बर्तमान समयलाई नियालेर हेर्दा सामान्य मान्छेले उपचार गर्न नसक्ने अवस्था देखिन थालेको छ । आज १०० रुपैया छ भनेर बेच्दा दर १२० भएर आएको हुन्छ । एउटै ब्राण्डका औषधिको दर फरक-फरक हुन्छ । हरेक दिन यस्तो अवस्था नेपाली औषधिको मात्र होइन भारतीय औषधिको दरको पनि अवस्था उस्तै देखिएको छ ।

सरकारले यस्ता विषयमा बढी ध्यान दिन आवश्यक छ । यस्ता विषयमा पत्रकार साथीहरुले महगी हुनको कारणबारे अध्ययन गरेर महगी नियन्त्रण हुन सके नागरिकलाई मार पर्ने थिएन । औषधि बनाउन विदेशबाट आउने कच्चा पदार्थ यदि यही तयार गर्ने जस्ता काममा लाग्न सके धेरै राम्रो हुने थियो ।

औषधि निर्माण गर्दा दुई छुट्टाछुट्टै औषधि खरिद गर्दा नागरिकलाई महँगो हुन जाने हुन्छ । दुई आवश्यक औषधि जस्तै ग्यास्ट्रिकको औषधि र अन्य केही औषधि मिलाएर उत्पादन गर्दा सस्तो हुन जान्छ । उदाहरणको लागी Pantoprazole र Domperidone जस्ता औषधि हाल नेपालमा उत्पादन भइरहेका छन् । अर्को औषधि Gabapantin 75 र Methylcobalamin ७५० मिलीग्राम मिलाएर बनाउदा दुई छुट्टाछुट्टै औषधि सेवन गर्नबाट समेत सजिलो हुने देखिन्छ ।

आजकल Paracetamol सबैभन्दा सस्तो औषधि देखिएको छ । यदि अन्य औषधीसंग मिलाएर सेवन गराउदा चाँडो निको हुन सक्छ । जस्तै Codine संग Paracetamol मिलाएर बनाउदा सेवन गर्न धेरै सस्तो हुने गरेको हुन्छ । यस्ता औषधि जस्तै आजका एण्टिबायोटिक मेडिसिनमा पनि यो नियम लागू गर्न सकिन्छ ।

उदाहरणको लागि Amoxicillin+Clavulanic and Potassium Tablet संग Azithromycin मिलाएर बनाउदा पनि दुई औषधि सेवन गर्नबाट मुक्त हुन सक्ने छन् । औषधि जस्तो बस्तु दिन-प्रतिदिन मूल्य बढिरहेको देख्दा सरकारको नजर कता भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

थुप्रै औषधि यस्ता छन्जो; मानव स्वास्थ्यमा नभई नहुने भएका औषधिको मुल्यमा ध्यान दिन आवश्यक छ । छोटो समयमा मूल्य बढाउने जस्ता काम अविलम्ब रोक्न सक्नुपर्छ । महँगो औषधि जस्तो बस्तुमा होइन कम्पनीले औषधि उत्पादन गर्दा महँगो हुनुको अर्को महत्वपूर्ण पक्ष नमूना पनि एक हो । यदि नमूना उत्पादन बन्द गरेर औषधि उत्पादन गराउदा जनताले सस्तो औषधि पाउने सम्भावना बढ्दै जानेछ ।

अर्को महत्वपूर्ण कुरा रोग लाग्नुको पछाडि कमजोर शरीर हो भन्दा खासै फरक छैन । सामान्य रोगको उपचार जडिबुटीबाट समेत गर्न सके जनता महंगीको मारबाट समेत बच्न सक्ने छन् । यसका लागि खेर गएका औषधि जडिबुटी खान सके आर्थिक स्तरमा समेत टेवा पुग्ने गरेको हुन्छ । औषधि हाम्रो देशमा प्रशस्त छ । तर जडिबुटीको उत्पादन र सम्बर्द्धन गर्न नसक्दा राज्यले ठूलो क्षति बेहोर्नु परेको छ ।

अब हामीले परम्परालाई थाती राखेर जडिबुटी प्रयोग गरेर पहिलो उपचार जडिबुटीबाट गर्न सके ठूलो धनराशी खर्च हुनबाट समेत रोक्न सकिने छ । आज नेपालमा अनुभवी व्यक्तिको कमी छैन यदि छ भने खोज अनुसन्धान गर्ने कुराको कमि देखिन्छ । सरकारले यस्ता व्यक्तिको खोज गरी उनीहरूलाई थप तालिम दिएर आत्मानिर्भर तर्फ बढाउन सके ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।

प्रतिभा त्यसै अगाडि आउने होइन हामीले ल्याउन मद्दत गर्न सक्नुपर्छ । उदाहरणको लागि मैले केही भारतीय बजारमा ल्याएको औषधिको फोटो राखेको छु जसमा अन्य दुई तीन प्रकारको औषधि मिलाएर बनाइएको छ । यस्ता औषधि सेवन गर्दा रोग पनि चाँडो निको हुने गरेको केहिको मत छ ।
Aceclolenac-Tablets
Ciprofloxacin-Anitbiotic

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !