२६ पुस २०८१, शुक्रबार

विश्व धुम्रपान रहित दिवस, धुम्रपानको लत छोड्न यसो गर्नुस्


विश्व धुम्रपान रहित दिवस

नवलपुर । आज विश्व धुम्रपान रहित दिवस । यो दिवस खासगरी धुम्रपान छोड्न र छोडिसकेका लागि महत्वपूर्ण दिनको रूपमा यो दिवस मनाइएको हो ।

विश्वका धेरै मुलुकहरूमा नियम लागु छ कि कुन उमेरका मानिसले धुम्रपान गर्न सक्छन र कुन ठाँउमा गर्न पाँउछन । धुम्रपानले गर्दा फोक्सोको क्यान्सर हुन सक्छ, मुटु रोग र अन्य प्रकारका रोगहरू पनि लाग्न सक्छ ।

एकपटक कसैलाई धुम्रपानको लत लागिसकेपछि लत छुटाउनु धेरै मुस्किल हुन्छ । यद्यपि मान्छेलाई थाह हुन्छ कि यसको प्रभाव नराम्रो हुन्छ र स्वाद पनि मिठो हुन्न । धुम्रपानले गर्दा अरूपनि धेरै नराम्रो कुराहरू हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन । चुरोटले आफूलाई भन्दा अरूलाई असर हुन्छ भन्ने कुरा बताइ रहनु नपर्ला जस्तो मलाई लाग्छ ।

स्वास्थ्यप्रति हाम्रो सानो लापरबाहीले ठूलो समस्या सामना गर्नुपर्ने हुन सक्छ । चुरोट एक प्रकारको धुम्रपानको साधन हो। सुर्तीमा निकोटिनको प्रयोगले गर्दा मान्छेलाई चुरोटको बानी हुन सक्छ ।

यसको बानी लागिसकेपछि बानी छुटाउन धेरै मुस्किल हुन्छ । धुम्रपानले गर्दा अरूपनि धेरै नराम्रो कुराहरू हुन्छ जुन स्वास्थ्यको लागि हानिकारक हुन्छन ।

चुरोट तथा सूर्तीजन्य पदार्थबाट उत्पन्न हुने निकोटिनले मांशपेशी र स्नायु कोष बृद्धि हुनबाट रोक्नुको साथै स्मरण शक्तिमा असर गर्छ । यसले रक्तचाप र मुटुको चाल बढाउँछ । हर्टअट्याक, स्ट्रोक र क्यान्सरको प्रमुख कारण धुम्रपान रहेको चिकित्सकहरुको भनाई छ । चुरोट सेवन छाड्नु आफ्नो अनी परिवारर्कै आयू वृद्धि गर्नु पनि हो । आज हामीले चुरोट वा सुर्तीजन्य पदार्थबाट कसरी छोडाउन सकिन्छ भन्नेबारे जानकारी पस्कन लागेका छौं ।

संकल्प जस्तो ठूलो शक्ति अरू केही छैन । यदि हजुर यो लत छोड्न चाहनु हुन्छ भने संकल्प गर्नुस भोलिदेखि नै यो सोलो पोइजन त्यसै छोड्न सक्नु हुनेछ । सिक्ने सिकाउने माध्यम भनेकै साथी हो यस्ता बानी भएका साथीको संगत कम गर्ने या मैले छोडे भनेर न पिउने ।

कुनै निश्चत मिति तोक्ने,यो दिन देखि म चुरोट खादै खान्न भनेर अलिक दिन पछाडिको कुनै एउटा दिन तोक्ने त्यो तोकिएको दिन आउनु भन्दा अगाडि देखि नै चुरोट खान कम गर्ने । मुख खाली नराख्ने, पानी प्रशस्त पिउने, मुखमा दाल चिनि, चुइगम, जस्ता खाने कुराहरू खाने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !