९ मंसिर २०८१, आइतबार

आँप खाँदाका फाइदाहरु


aap

हेर्दा पहेलो रंगको देखिने, खाँदा निकै स्वादिलो लाग्ने र सम्झिदै मुख रसाउने एक प्रकारको फल हो आँप । आँप मानिसको स्वास्थको लागि अति फाइदाजनक छ । मानिसले स्वस्थकर जीवन यापन गर्न र विभिन्न रोगसँग लड्न सक्ने क्षमता पनि प्राप्त गर्दछ । यो सानो बच्चादेखि वृद्धसम्मले पनि राम्रोसँग खान र पचाउन सक्ने फल हो । यसमा पोटासियम, म्याग्नेसियम तथा कपर जस्ता खनिज लवण प्रचुर मात्रामा पाइन्छ । साथै क्वारसिटिन, बिटाक्यारोटिन र एस्ट्राग्यालिन जस्ता शरीरलाई आवश्यक पर्ने पोषक तत्वहरु पनि आँपमा पाइन्छन् ।

आँपवाट पाइने फाइदाहरु:

१. शरीरको रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्दछ ।
२. आँपमा भिटामिन बी सिक्स प्रसस्त मात्रामा पाइन्छ । जसले मस्तिष्कको कार्यप्रणालीलाई दुरुस्त र स्मरणशक्ति पनि बढाउँछ ।
३. आँखाको लागि समेत निकै फाइदाजनक हुन्छ ।
४. हृदय सम्बन्धि रोग, क्यान्सर जस्ता स्वास्थ्य समस्या समेत कम गर्न मदत गर्दछ ।
५. मोटाउन चाहनेहरुका लागि समेत सहयोगी हुन्छ ।
६. पाकेको आँपको गुदी अनुहारमा लगाएमा डण्डिफोर आउने समस्या कम हुन्छ ।
७. रगतमा कोलेस्टेरोलको मात्रा कम गर्ने र ग्रन्थीमा हुने क्यान्सरवाट समेत बच्न सहयोग गर्दछ ।
८. अपच तथा अम्लपना जस्ता समस्या हटाउनलाई सहयोग गर्दछ ।
९. रक्तअल्पता भएका विरामीहरुको अति उपयोगी साथै गर्भवती महिलाहरुका लागि पनि फाइदाजनक हुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !